YouVersion लोगो
खोज आइकन

प्रकाश 4:6-11

प्रकाश 4:6-11 NNRV

सिंहासनको अगि स्‍फटिकतुल्‍य काँचको समुद्रजस्‍तो थियो। अगाडि र पछाडि जम्‍मै आँखै-आँखा भएका चार वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए। पहिलो प्राणी सिंहजस्‍तै थियो, दोस्रो प्राणी बहरजस्‍तै, तेस्रो प्राणीको अनुहार मानिसको जस्‍तै र चौथो प्राणी उड़िरहेको गरुडजस्‍तै थियो। ती चारै वटा प्राणीका छ-छ वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्‍दै गाइरहन्‍छन्, “पवित्र, पवित्र, पवित्र परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, जो हुनुहुन्‍थ्‍यो र हुनुहुन्‍छ र जो आउनुहुनेछ।” जब-जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने र जो सदासर्वदा जीवित रहनुहुन्‍छ, उहाँलाई महिमा, आदर, धन्‍यवाद चढ़ाउँछन्, तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्‍ने घोप्‍टो पर्दछन्, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्‍डवत्‌ गर्दछन्, र तिनीहरूका आ-आफ्‍ना मुकुट सिंहासनको सामुन्‍ने राखेर यसरी गाउँछन्: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्‍यको हुनुहुन्‍छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्‍छाबमोजिम ती अस्‍तित्‍वमा आए, र तिनको सृष्‍टि भयो।”