प्रकाश 11
11
दुई साक्षी
1 #
इजकिएल 40:3; जकरिया 2:1,2 यसपछि नाप्ने डण्डाजस्तो एउटा लौरो मलाई दिइएको थियो र एक जनाले मलाई भन्यो, “उठेर जाऊ, परमेश्वरको मन्दिर र त्यसको वेदी नाप अनि मन्दिरमा पूजा गर्नेहरूलाई गन। 2#लूका 21:24मन्दिर बाहिरको आँगनचाहिँ ननाप किनभने त्योचाहिँ अरू जातिहरूलाई दिइएको छ र उनीहरूले बयालीस महिनासम्म परमेश्वरको सहरलाई कुल्ची-मिल्ची गर्नेछन्। 3अनि भाङ्ग्राको लुगा लाएका मेरा दुई साक्षीलाई एक हजार दुई सय साठी दिनसम्म परमेश्वरको वचन घोषणा गर्न पठाउनेछु।”
4 #
जकरिया 4:3,11-14 ती दुई साक्षीहरू दुई भद्राक्षका रूख र पृथ्वीका प्रभुको सामुन्ने खडा रहने दुई सामदान हुन्। 5कसैले उनीहरूलाई नाश गर्न खोजे उनीहरूका मुखबाट आगो निस्की ती शत्रुलाई नाश गर्नेछ। त्यसरी उनीहरूलाई हानि गर्न खोज्ने सबै मारिनेछन्। 6#१ राजा 17:1; प्रस्थान 7:17-19; १ शमूएल 4:8परमेश्वरको वचन उनीहरूले सुनाउञ्जेल पानी नपरोस् भनेर आकाश बन्द गर्ने उनीहरूको हक र पानीका मूलहरूलाई रगत बनाउन अनि पृथ्वीमा उनीहरूले चाहेअनुसार किसिम-किसिमको माहामारी ल्याउने अधिकार पनि उनीहरूलाई छ।
7 #
दानिएल 7:7; प्रकाश 13:5-7; 17:8;
दानिएल 7:21
उनीहरूले घोषणा गर्ने काम सिध्याएपछि त्यो गहिरो भड्खालाबाट निस्कने जनावरले यी दुईसँग लडाइँ गरी उनीहरूलाई जितेर मारिदिनेछ। 8#यशैया 1:9,10तिनीहरूका लाशलाई उनीहरूका प्रभुलाई क्रूसमा टाँगेर मारिएको त्यो ठूलो सहरको बाटोमा त्यसै छोडिएको हुनेछ, जुन सहरलाई उदाहरणको रूपमा ‘सदोम’ वा ‘मिश्रदेश’ भनिन्छ। 9साढे तीन दिनसम्म हरेक देश, कुल, भाषा र जातिका मानिसहरूले उनीहरूका लाशलाई हेर्नेछन् र तिनीहरूलाई गाड्न दिनेछैनन्। 10यी दुई साक्षी मारिएकोमा संसारका मानिसहरू रमाउनेछन्। उनीहरूले खुसी मनाउनेछन् र एक-अर्कालाई उपहार पठाउनेछन् किनभने यी दुई अगमवक्ताले संसारका मानिसहरूलाई धेरै सताएका थिए। 11#इजकिएल 37:10साढे तीन दिन बितिसकेपछि परमेश्वरबाट जीवन दिने सास ती दुईमा पस्यो र उनीहरू आफ्ना खुट्टामा उभिए। त्यो देखेर मानिसहरू एकदमै डराए। 12#२ राजा 2:11ती दुई अगमवक्ताले स्वर्गबाट एउटा यस्तो ठूलो सोर सुने, “यता उक्लेर आओ।” तब सबै दुश्मनहरूले हेर्दाहेर्दै ती दुई बादलमा उचालिएर स्वर्ग गए।
13 #
प्रकाश 6:12; 16:18 त्यति नै खेर जोडले भूइँचालो गयो र त्यो ठूलो सहरको दशौँ भाग भत्कियो। यस भूइँचालोमा सात हजार मान्छे मारिए र बाँकी रहेकाहरूले असाध्य डराएर स्वर्गमा विराजमान् हुनुभएका परमेश्वरको प्रशंसा गरे। 14दोस्रो विपत्ति बित्यो अब तेस्रो विपत्ति आउन आँटेको छ!
सातौँ तुरही
15 #
प्रस्थान 15:18; दानिएल 2:44; 7:14,27 यसपछि सातौँ स्वर्गदूतले आफ्ना तुरही फुके अनि स्वर्गमा ठूला-ठूला सोरले यसो भने, “पृथ्वीमाथि राज्य गर्ने अधिकार अबदेखि हाम्रा प्रभु र उहाँका ख्रीष्टकै हो र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।” 16त्यसपछि परमेश्वरको अगाडि आफ्ना-आफ्ना सिंहासनमा बस्ने ती चौबीस धर्म-गुरुहरूले परमेश्वरको चरणमा दण्डवत् गरे र यसो भनेर उहाँको जयजयकार गरे,
17“हे प्रभु परमेश्वर, सर्वशक्तिमान्, जो हुनुहुन्छ र हुनुहुन्थ्यो, हामी तपाईंलाई धन्यवाद चढाउँछौं
किनभने तपाईंले आफ्नो ठूलो अधिकार लिनुभएको छ र आफ्नो राज्य सुरु गर्नुभएको छ।
18 #
भजनसंग्रह 2:5; 110:5;
भजनसंग्रह 115:13
जाति-जातिहरू रिसाएका छन्,
अब त तपाईंको रिसाउने बेला भयो र मरेकाहरूको न्याय गर्ने बेला आएको छ।
तपाईंका सेवकहरू अर्थात् तपाईंका अगमवक्ताहरूलाई, पवित्रजनहरूलाई र तपाईंको नाउँ मान्ने साना-ठूला सबैलाई इनाम दिने
र पृथ्वी बिगार्नेहरूलाई नाश पार्ने बेला भएको छ।”
19 #
प्रकाश 8:5; 16:18;
प्रकाश 16:21
तब स्वर्गमा भएको परमेश्वरको पवित्र मन्दिर खोलियो र यहाँ वाचाको सन्दुक देखियो। त्यसपछि बिजुली चम्क्यो। डरलाग्दा आवाजहरू र गड्याङ्-गुडुङ सुनियो, भूइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।
अहिले सेलेक्ट गरिएको:
प्रकाश 11: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.