भजनसंग्रह पुस्तक परिचय
पुस्तक परिचय
भजनसंग्रहको पुस्तक बाइबलका पवित्र गीत र प्रार्थनाहरूको सङ्कलन हो। धेरै लामो समयभित्रका भिन्न-भिन्न कविहरूले रचेका यी पवित्र गीत र प्रार्थनाहरू इस्राएलका मानिसहरूले सङ्ग्रह गरी आफ्ना उपासनाका समयमा चलाउँदथे अनि अन्तमा त्यो सङ्गालो तिनीहरूको धर्मशास्त्रमा गाभियो।
यी धार्मिक कविताहरू धेरै थरीका छन्। यहाँ परमेश्वरको प्रशंसा र आराधनाका गीत छन्, सुरक्षा र उद्धारको निम्ति प्रार्थना छन्, क्षमा याचना, परमेश्वरका आशिष्को निम्ति धन्यवाद निवेदन र शत्रुहरूलाई सजायँ दिने अर्तीहरू छन्। यी प्रार्थना व्यक्तिगत र राष्ट्रिय दुवै थरीका छन्। कसैमा एउटा व्यक्तिका मनमा घनिष्ठ भावनाहरू छन् त अरूमा परमेश्वरका मानिहरूको अनुभूतिहरूका रूप छन्।
यी पवित्र भजनहरू येशू ख्रीष्टले प्रयोग गर्नुभयो, नयाँ करारका लेखकहरूले आफ्ना रचनामा गाभी व्यवहार गरे अनि ख्रीष्टिय मण्डलीसँग सुरुदेखि तिनीहरूका मूल्यवान् पूजा ग्रन्थ बने।
संक्षिप्त विषय-सूची
१५० वटा भजनहरूका पाँच वटा सङ्कलनहरू वा पुस्तकहरू छन्। ती यी हुन्:
भजन १-४१
भजन ४२-७२
भजन ७३-८९
भजन ९०-१०६
भजन १०७-१५०
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.