YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 1

1
पहिलो भाग
(भजनसंग्रह १—४१)
साँचो सुख
1त्यो मानिस सुखी रहन्‍छ,
जो दुष्‍ट मानिसको सल्‍लाह मान्‍दैन,
पापीहरूको चालमा चल्‍दैन
वा परमेश्‍वर नमान्‍नेहरूको साथ दिँदैन।
2तर परमप्रभुको व्‍यवस्‍था मान्‍नलाई खुसी हुन्‍छ
र रात-दिन त्‍यसको अध्‍ययन गर्छ,
3 # यर्मिया 17:8 त्यो खोलाका छेउमा उम्रेको ठीक समयमा आफ्‍नो फल दिने
र पात पनि नओइलिने रूखजस्‍तो हुन्‍छ।
त्यसले जुन कुरामा हात लाउँछ,
त्‍यसमा सफल हुन्‍छ।
4तर दुष्‍ट मानिसहरू भने त्‍यस्‍ता हुँदैनन्,
तिनीहरू त हावाले उडाइलैजाने भुसजस्‍ता हुन्‍छन्।
5पापीहरूलाई परमेश्‍वरले दोषी ठहराउनुहुन्‍छ
र आफ्‍ना समुदायदेखि अलग गर्नुहुन्‍छ।
6परमप्रभुले धर्मीहरूलाई रक्षा र अगुवाइ गर्नुहुन्‍छ,
तर अधर्मीहरू अन्‍तमा नाश भएर जान्‍छन्।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 1: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्