YouVersion लोगो
खोज आइकन

अय्‍यूब 42

42
1तब अय्‍यूबले परमप्रभुलाई जवाफ दिए।
अय्‍यूब:
2म जान्‍दछु, परमप्रभु, तपाईं सर्वशक्तिमान् हुनुहुन्‍छ।
तपाईं जे चिताउनुहुन्‍छ, त्‍यो गर्न सक्‍नुहुन्‍छ।
3 # अय्‍यूब 38:2 मूर्ख कुरा गरेर मेरो योजनालाई विफल पार्न खोज्‍ने तँ को होस् भनी तपाईंले सोध्‍नुहुन्‍छ।
साँच्‍चै आफूले नबुझेका कुरा अथवा नजानेका अचम्‍मका कुराबारे मैले बोलेको छु।
4 # अय्‍यूब 38:3 “म बोल्‍दा ध्‍यानसित सुन् र जवाफ दिन तयार हो,” तपाईंले भन्‍नुभयो।
5त्‍यस बेला अरूले तपाईंबारे भनेका कुरा मात्र म जान्‍दथें
र अब त मेरा आँखाले तपाईंलाई देखें।
6अब मैले जे-जति भनें त्‍यसका निम्‍ति म लज्‍जित छु
र धुलो र खरानीमा बसी पश्‍चात्ताप गर्दछु।
निष्‍कर्ष
7अय्‍यूबसित बोलिसक्‍नुभएपछि परमप्रभुले एलीपजलाई भन्‍नुभयो, “तँ र तेरा दुई मित्रहरूसित म रिसाएको छु किनभने मेरो सेवक अय्‍यूबले जस्‍तो तिमीहरूले मेरो बारेमा सत्‍य कुरा भनेनौ। 8अब सात-सात वटा साँढे र भेडाहरू लिएर मेरो सेवक अय्‍यूबकहाँ जाओ र ती पशुहरू आफ्‍ना निम्‍ति होमबलि चढाओ। तिमीहरूका निम्‍ति अय्‍यूबले बिन्‍ती गर्नेछ र म त्‍यसको बिन्‍तीको उत्तर दिनेछु अनि तिमीहरूका मूर्खता सुहाउँदो गरी तिमीहरूसित व्‍यवहार गर्नेछैनँ। अय्‍यूबले झैँ तिमीहरूले मेरो बारेमा कुरा बोलेनौ।”
9तब एलीपज, बिल्‍दद र सोपरले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे र अय्‍यूबले बिन्‍ती गरिदिँदा परमप्रभुले जवाफ दिनुभयो।
10 # अय्‍यूब 1:1-3 अय्‍यूबले आफ्‍ना तीन मित्रहरूका निम्‍ति बिन्‍ती गरिदिएपछि परमप्रभुले उसको सुदिन फर्काइदिनुभयो र त्‍यसका धन-सम्‍पत्ति अघिको भन्दा दुई गुणा बढाइदिनुभयो। 11अय्‍यूबका सबै दाजुभाइहरू, दिदी-बहिनीहरू र अघिका साथीहरू उनीकहाँ आए र उनको घरमा उनीसित भोज खाए। परमप्रभुले उनीमाथि ल्‍याउनुभएका सबै कष्‍टको निम्‍ति तिनीहरूले उनलाई समवेदना प्रकट गर्दै सान्‍त्‍वना दिए। तिनीहरू एकएक जनाले उनलाई केही चाँदीका टुक्रा र एक-एक वटा सुनका औँठी दिए।
12परमप्रभुले अय्‍यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समय भन्दा बढी आशिष् दिनुभयो। अय्‍यूबचाहिँ चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाका मालिक भए। 13उनी सात छोरा र तीन छोरीका बुबा भए। 14उनले जेठी छोरीको नाम यमीमा, माहिलीको नाम कसीआ र कान्‍छीको नाम केरेन-हप्‍पूक राखे। 15सारा देशमा अय्‍यूबका छोरीहरूजस्‍ता सुन्‍दरी कन्‍या अरू कोही थिएनन्। बुबाले चाहिँ तिनीहरूलाई आफ्‍ना सम्‍पत्तिको हिस्‍सा दाजुभाइलाई जस्‍तै गरी बाँडिदिए।
16त्‍यसपछि अय्‍यूब अरू एक सय चालीस वर्ष बाँचे र उनले आफ्‍ना नाति-पनाति र खनाति देखे। 17त्‍यसरी धेरै उमेर पुगेर उनी मरे।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 42: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्