YouVersion लोगो
खोज आइकन

अय्‍यूब 41

41
1 # भजनसंग्रह 74:14; 104:26; यशैया 27:1 के डरलाग्दो जल-जन्‍तुलाई तँ बल्‍छीले समात्‍न सक्‍छस्?
वा त्‍यसको जिब्रो डोरीले बाँध्‍न सक्‍छस्?
2के तैँले त्‍यसको नाक छेडेर डोरी लाउन सक्‍छस्?
वा त्‍यसका बङ्गारामा बल्‍छी लाउन सक्‍छस्?
3के त्‍यसले आफ्‍नो छुटकाराको निम्‍ति तँसित बिन्‍ती गर्ला?
तँसित दयाको निम्‍ति भिक्षा माग्‍ला?
4के त्‍यसले तँसित सम्‍झौता गर्ला
र सधैँभरि तेरो कमारो हुने प्रतिज्ञा गर्ला?
5चरालाई खेलाएझैँ के तँ त्‍यसलाई खेलाउन सक्‍लास्?
वा त तेरा स्‍त्रीहरूको निम्‍ति त्‍यसलाई पेटीले बाँधेर राख्‍न सक्‍लास्?
6के जलाहारीहरूले त्‍यसको दाममा भाउ कसाकस गर्लान्
वा व्‍यापारीहरूले बेच्‍न त्‍यसलाई भाग-बन्‍डा लाउन सक्‍लान्?
7के तैँले त्‍यसको छालामा माछा मार्ने अंकुसे गाड्‍न सक्‍लास्?
वा त्‍यसको टाउको भालाले छेड्‍न सक्‍लास्?
8यदि तैँले एक फेर त्‍यसलाई आफ्‍नो हातले छोइस् भने
फेरि दोस्रोपल्‍ट त्‍यसो गर्नेछैनस्।
त्‍योसित भएको लडाइँ तैँले कहिल्‍यै भुल्‍नेछैनस्!
9त्‍यसलाई जित्‍ने कसैको आशा हुँदैन,
त्‍यसलाई देख्‍दा नै मानिस जमिनमा लडिजान्‍छ।
10त्‍यसलाई बिच्‍क्‍याउँदा त्‍यो कति डरलाग्‍दो हुन्‍छ।
झन् मेरो अघि को खडा रहन सक्‍ला र?
11मैले तिर्नुपर्छ भनी कसले मेरो विरुद्धमा दाबी गर्न सक्‍छ?
स्‍वर्गमुनिका सबै थोक मेरै हुन्।
12जल-जन्‍तु लिव्‍यातन्का खुट्टाहरू र त्‍यसका बल र सुन्‍दर बनावटबारे म नभनिरहन सक्‍दिनँ।
13कसैले त्‍यसको बाहिरी पोशाकलाई उतारिदिन सक्‍दैन,
न त त्‍यसको कवचजस्‍तो छाला छोड्‍न सक्‍छ?
14डरलाग्‍दा दाँतका लहरले घेरेको
त्‍यसको बङ्गारा कसले खोल्‍न सक्‍छ?
15छेउ-छेउमा ढालै-ढाल राखी एकसँग जोडेर बनाएको
त्‍यसको ढाड अत्‍यन्‍त कडा छ।
16ती एउटासित अर्को यसरी खापैखाप जोडिएका छन् कि
तिनका बीचबाट हावा पनि छिर्न सक्‍दैन।
17ती एक दोस्रोसित यसरी टाँसिएर बसेका छन् कि
कसै गरे पनि तिनीहरू छुट्टिन सक्‍दैनन्।
18त्‍यसले छिउँ काड्दा ज्‍योति निस्‍कन्‍छ
र त्‍यसका आँखा झुल्‍कने घामजस्‍तै चम्‍कन्‍छन्।
19त्‍यसको मुखबाट आगाको ज्‍वाला र झिल्‍का निस्‍कन्‍छन्।
20आगोमाथि उम्‍लिरहेको खड्कुँलोबाट बाफ निस्‍केझैँ
त्‍यसका नाकबाट धुवाँ निस्‍कन्‍छ।
21त्‍यसको सासले आगो दनदनाउँछ,
त्‍यसको मुखबाट ज्‍वाला निस्‍कन्‍छ।
22त्‍यसको बल त्‍यसको घिच्रोमा छ,
त्‍यसका सामुन्‍ने पर्नेहरू साह्रै डराउँछन्।
23त्‍यसको शरीर अरू जनावरको भन्दा चाम्रो हुन्‍छ,
त्‍यो धातुजस्‍तै कडा र नदबिने हुन्‍छ।
24त्‍यसको छाती ढुङ्गाजस्‍तै
कडा र जाँतोको तल्‍लो पाटाजस्‍तो बलियो हुन्‍छ।
25त्‍यो खडा हुँदा बलिया मानिसहरू पनि डराउँछन्,
त्‍यो हल्‍लँदा तिनीहरू तर्सन्‍छन्।
26तरवार, भाला, काँड, बर्छा वा कुनै हात-हतियारले पनि
त्‍यसलाई चोट पार्न सक्‍दैन।
27त्‍यसको निम्‍ति फलाम परालजस्‍तै
अनि काँसाचाहिँ कुहेको काठजस्‍तै हुन्‍छन्।
28काँडले त्‍यसलाई धपाउन सकिंदैन।
घुयेंत्रोले हानेको ढुङ्गा त्‍यसको निम्‍ति भुससरह हो।
29मुङ्ग्रो त्‍यसका निम्‍ति परालको टुक्राजस्‍तो मात्र हुन्‍छ।
त्‍यसलाई भालाले हान्‍दा त्‍यो हाँस्छ।
30त्‍यसको पेटमुनिका खपटाहरू दाँतजस्‍तै हुन्‍छन्
र अन्‍न चुट्‍ने दाँतीले जस्‍तै त्‍यसले हिलोमा गहिरो डाम छोडिराख्‍छ।
31त्‍यसले समुद्रको पानीलाई कराइको उम्‍लेको पानीझैँ उफार्छ
र भाँडामा मलम घोलेझैँ घोल्‍छ।
32त्‍यो हिँडेको ठाउँमा चहकिलो गोरेटो छोडिराख्‍छ
र समुद्रलाई बुढो मानिसको टाउकोमा सेता केश फुलेझैँ फिँजै-फिँज पारिदिन्‍छ।
33पृथ्‍वीमा त्‍यसको बराबरी कुनै जनावर छैन।
डर भन्‍ने कुरा त्‍यसलाई थाहै छैन। 34ठूला-ठूला जन्‍तुहरू पनि त्‍योसित डराउँछन्।
त्‍यो त वन-पशुहरू सबैको राजा हो।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 41: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्