परमप्रभुलाई एउटा नयाँ भजन गाओ, उहाँले उदेकका कामहरू गर्नुभएको छ! आफ्नो शक्ति र पवित्र बलले उहाँले विजय पाउनुभएको छ। परमप्रभुले आफ्नो विजयबारे भन्नुभयो, उहाँले आफ्नो बचाउन सक्ने शक्तिबारे जातिहरूलाई जनाउनुभयो। उहाँले विश्वासनीय भएर र अनन्त प्रेम गरेर इस्राएलका मानिसहरूसँग गर्नुभएको प्रतिज्ञा राख्नुभयो। सबै ठाउँका सबै मानिसहरूले हाम्रा परमेश्वरको विजय देखेका छन्। सारा पृथ्वी, परमप्रभुको निम्ति आनन्दले भजन गाओ, आनन्दका भजन र स्वरले उहाँको प्रशंसा गर। परमप्रभुको प्रशंसा गाओ! वीणामा सङ्गीत बजाओ! तुरही र नरसिङ्गा फुक र हाम्रा राजा परमप्रभुको निम्ति आनन्दले स्वर उचाल। समुद्र र त्यहाँका सारा प्राणीले गुञ्जायमान गरून्; पृथ्वी र त्यसका सबै बासिन्दाहरूले भजन गाओ! नदीहरूले ताली बजाओ; पहाडहरूले एकसाथ मिली परमप्रभुको सामु आनन्दले भजन गाओ किनभने उहाँ पृथ्वीमा राज्य गर्न आउनुहुन्छ, उहाँले धार्मिकता र न्यायसित संसारका जातिहरूमाथि राज्य गर्नुहुनेछ।
भजनसंग्रह 98 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 98:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू