YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 96:1-10

भजनसंग्रह 96:1-10 सरल नेपाली

परमप्रभुलाई एउटा नयाँ भजन गाओ! सारा संसारले परमप्रभुको स्‍तुति गाओ! परमप्रभुको भजन गाओ र उहाँको प्रशंसा गर, उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनदिनै सुसमाचार सुनाओ। जाति-जातिलाई उहाँको महिमाबारे भन, उहाँका महान् कार्यहरू सबै मानिसहरूलाई सुनाओ। परमप्रभु महान् हुनुहुन्‍छ, उहाँको उच्‍च प्रशंसा हुनुपर्छ, सबै देवताहरूभन्दा बढ्ता उहाँको आदर हुनुपर्छ। अरू सारा देशका देवताहरू मूर्ति मात्र हुन्, तर परमप्रभुले स्‍वर्ग सृष्‍टि गर्नुभयो। महिमा र गौरवले उहाँलाई घेरेका छन्, शक्ति र सुन्‍दरताले उहाँको मन्‍दिर भरिएको छ। पृथ्‍वीका सबै मानिसहरूले परमप्रभुको प्रशंसा गर, उहाँको गौरव र सामर्थ्‍यको प्रशंसा गर। परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्‍दिरमा आओ। ती पवित्र परमव्‍यक्ति देखा पर्नुहुँदा उहाँलाई दण्‍डवत् गर, सारा पृथ्‍वी उहाँको अघि थरथरी होओ। सबै जातिहरूलाई भन, “परमप्रभु राजा हुनुहुन्‍छ, पृथ्‍वी दरिलोसँग त्‍यसको जगमा बसालिएको छ र त्‍यो सार्न सकिंदैन। उहाँले न्‍यायसँग मानिसहरूको निसाफ गर्नुहुन्‍छ।”

भजनसंग्रह 96 पढ्नुहोस्