YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 91:3-13

भजनसंग्रह 91:3-13 सरल नेपाली

उहाँले तिमीलाई सबै लुकेका खतराहरूदेखि र सबै प्राणघातक रोगहरूदेखि कुशल राख्‍नुहुनेछ। उहाँले तिमीलाई आफ्‍ना पखेटाले ढाक्‍नुहुनेछ, तिमी उहाँको रेखदेखमा कुशलसित रहनेछौ, उहाँको विश्‍वासयोग्‍यताले तिमीलाई रक्षा गरेर बचाउनेछ। दिउँसो अचानक आइलाग्‍ने आक्रमणदेखि वा रातमा हुने कुनै खतरादेखि तिमीले डर मान्‍नुपर्नेछैन वा अन्‍धकारमा आइलाग्‍ने आपत्-विपद् अथवा दिउँसै प्राण लिने दुष्‍ट कुराहरूदेखि डराउनुपर्नेछैन। तिम्रो छेउमा हजार जना लोट्लान्, तिम्रा चारैपट्टि दश हजार, तर तिमीलाई केही चोट लाग्‍नेछैन। दुष्‍टहरूले कसरी सजायँ पाउँछन्, तिमीले देख्‍नेछौ। परमप्रभुलाई आफ्‍ना त्राणकर्ता र सर्वोच्‍च प्रभुलाई आफ्‍ना रक्षक तिमीले बनाएका छौ, यसर्थ तिमीमाथि केही विपद् आइपर्नेछैन र तिम्रो घर छेउछाउ कुनै हुलदङ्गा आउनेछैन। तिमी जहाँ गए पनि रक्षा गर्नलाई परमेश्‍वरले आफ्‍ना दूतहरूलाई तिम्रो जिम्‍मा दिनुहुनेछ। ढुङ्गामा तिम्रा खुट्टालाई चोट नलागोस् भनेर तिनीहरूले आफ्‍ना हातले तिमीलाई उचालिराख्‍नेछन्। तिमीले सिंहहरू र सर्पहरू, डरलाग्‍दा सिंहहरू र विषालु सर्पहरू पैतालाले कुल्‍चनेछौ।

भजनसंग्रह 91 पढ्नुहोस्