YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 90:12-17

भजनसंग्रह 90:12-17 सरल नेपाली

हामीलाई सिकाउनुहोस् कि हाम्रो जीवन कति छोटो छ र हामी बुद्धिमान् बन्‍न सकौं। अझै कति दिनसम्‍म तपाईंको क्रोध रहला? हे परमप्रभु! आफ्‍ना दासहरूलाई टिठ्याउनुहोस्। हरेक बिहान आफ्‍नो अनन्‍त प्रेमले हामीलाई भर्नुहोस् र हामी भजन गाउन सकौं र जीवनभरि आनन्‍द गर्न सकौं। अब हामीलाई त्‍यति नै आनन्‍द दिनुहोस्, जति तपाईंले हाम्रा कष्‍टका दिनमा हामीलाई खिन्‍नता दिनुभएको थियो। हामी तपाईंका दासहरूले तपाईंका सामर्थ्‍यका कामहरू देख्‍न पाऔं, हाम्रा सन्‍तानले तपाईंको गौरवपूर्ण सामर्थ्‍य देख्‍न पाऊन्। प्रभु, हाम्रा परमेश्‍वर, तपाईंको आशीर्वाद हामीमाथि रहोस्, हामीले गरेका सबै काममा हामीलाई सफलता दिनुहोस्।

भजनसंग्रह 90 पढ्नुहोस्