तर मचाहिँ तपाईंलाई प्रार्थना गर्छु, हे परमप्रभु! तपाईंले रोज्नुभएको समयमा मलाई उत्तर दिनुहोस्, हे परमेश्वर! आफ्नो महान् प्रेमको कारण मलाई उत्तर दिनुहोस् किनभने तपाईंले “बचाउँछु” भनी गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुन्छ। हिलोमा डुब्नदेखि मलाई बचाउनुहोस् मलाई मेरा शत्रुहरू र गहिरा पानीदेखि जोगाउनुहोस्। भल-पानी ममाथि नआओस्, त्यसका गहिराइमा मलाई डुब्न नदिनुहोस्, मलाई चिहानमा पर्न नदिनुहोस्। तपाईंको अटुट प्रेमबाट पाइने भलाइमा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, तपाईंको महान् प्रेममा मतिर फर्कनुहोस्! आफ्नो दासदेखि आफैंलाई नलुकाउनुहोस्, म ठूलो कष्टमा छु; मलाई अहिले उत्तर दिनुहोस्। मकहाँ आउनुहोस् र मलाई बचाउनुहोस्, मेरा शत्रुहरूदेखि मेरो रक्षा गर्नुहोस्। तपाईं जान्नुहुन्छ कि कसरी मेरो अपमान भएको छ, कसरी मेरो बदनाम र बेइज्जत भएको छ। तपाईंले मेरा सबै बैरीहरू देख्नुहुन्छ। अपमान भएर मेरो हृदय टुटेको छ र मेरो मनमा पीडा छ। मैले मायाको आशा गरेको थिएँ तर पाइनँ, सान्त्वनाको आशा राखेको थिएँ, त्यो पनि पाइनँ। म भोकाउँदा तिनीहरूले मलाई विष दिए, तिर्खाउँदा सिर्का पिउन दिए। तिनीहरूका भोजले तिनीहरूकै नाश गरोस्, तिनीहरूका पवित्र भोजले तिनीहरूको पतन होस्। तिनीहरूलाई अन्धा पार्नुहोस्। तिनीहरूका ढाड कुप्रिरहोस्। आफ्नो रिस तिनीहरूमाथि खन्याउनुहोस्, तपाईंको क्रोधले तिनीहरूलाई विह्वल पारोस्। तिनीहरूका तम्बुमा कोही पनि जिउँदो नछोडिओस् र तिनीहरूका पाल रित्तै होस्। जसलाई तपाईंले दण्ड दिनुभएको छ, तिनीहरूलाई उनीहरूले खेदो गर्छन्, जसलाई तपाईंले घाइते बनाउनुभएको छ, तिनीहरूका दु:खका बारेमा उनीहरूले कुरा गर्छन्। तिनीहरूका सबै पापको हिसाब राख्नुहोस्, तिनीहरूले तपाईंको उद्धारको केही भाग नपाऊन्। जीवितहरूको पुस्तकबाट तिनीहरूका नामहरू मेटिऊन्, तपाईंको प्रजासँग तिनीहरूको गन्ती नहोस्।
भजनसंग्रह 69 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 69:13-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू