भजनसंग्रह 69:13-28
भजनसंग्रह 69:13-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर मचाहिँ तपाईंलाई प्रार्थना गर्छु, हे परमप्रभु! तपाईंले रोज्नुभएको समयमा मलाई उत्तर दिनुहोस्, हे परमेश्वर! आफ्नो महान् प्रेमको कारण मलाई उत्तर दिनुहोस् किनभने तपाईंले “बचाउँछु” भनी गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुन्छ। हिलोमा डुब्नदेखि मलाई बचाउनुहोस् मलाई मेरा शत्रुहरू र गहिरा पानीदेखि जोगाउनुहोस्। भल-पानी ममाथि नआओस्, त्यसका गहिराइमा मलाई डुब्न नदिनुहोस्, मलाई चिहानमा पर्न नदिनुहोस्। तपाईंको अटुट प्रेमबाट पाइने भलाइमा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, तपाईंको महान् प्रेममा मतिर फर्कनुहोस्! आफ्नो दासदेखि आफैंलाई नलुकाउनुहोस्, म ठूलो कष्टमा छु; मलाई अहिले उत्तर दिनुहोस्। मकहाँ आउनुहोस् र मलाई बचाउनुहोस्, मेरा शत्रुहरूदेखि मेरो रक्षा गर्नुहोस्। तपाईं जान्नुहुन्छ कि कसरी मेरो अपमान भएको छ, कसरी मेरो बदनाम र बेइज्जत भएको छ। तपाईंले मेरा सबै बैरीहरू देख्नुहुन्छ। अपमान भएर मेरो हृदय टुटेको छ र मेरो मनमा पीडा छ। मैले मायाको आशा गरेको थिएँ तर पाइनँ, सान्त्वनाको आशा राखेको थिएँ, त्यो पनि पाइनँ। म भोकाउँदा तिनीहरूले मलाई विष दिए, तिर्खाउँदा सिर्का पिउन दिए। तिनीहरूका भोजले तिनीहरूकै नाश गरोस्, तिनीहरूका पवित्र भोजले तिनीहरूको पतन होस्। तिनीहरूलाई अन्धा पार्नुहोस्। तिनीहरूका ढाड कुप्रिरहोस्। आफ्नो रिस तिनीहरूमाथि खन्याउनुहोस्, तपाईंको क्रोधले तिनीहरूलाई विह्वल पारोस्। तिनीहरूका तम्बुमा कोही पनि जिउँदो नछोडिओस् र तिनीहरूका पाल रित्तै होस्। जसलाई तपाईंले दण्ड दिनुभएको छ, तिनीहरूलाई उनीहरूले खेदो गर्छन्, जसलाई तपाईंले घाइते बनाउनुभएको छ, तिनीहरूका दु:खका बारेमा उनीहरूले कुरा गर्छन्। तिनीहरूका सबै पापको हिसाब राख्नुहोस्, तिनीहरूले तपाईंको उद्धारको केही भाग नपाऊन्। जीवितहरूको पुस्तकबाट तिनीहरूका नामहरू मेटिऊन्, तपाईंको प्रजासँग तिनीहरूको गन्ती नहोस्।
भजनसंग्रह 69:13-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान् प्रेममा, हे परमेश्वर, तपाईंको निश्चित उद्धारले मलाई उत्तर दिनुहोस्। दलदलमा डुब्नुदेखि मलाई बचाउनुहोस्, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट मेरो उद्धार गर्नुहोस्। पानीको बाढ़ले मलाई नछोपोस्, अथवा जलले मलाई ननिलोस्, वा चिहानले आफ्नो मुख ममाथि बन्द नगरोस्। तपाईंका प्रेमको उत्तमतामा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, आफ्नो महान् कृपामा मतर्फ फर्कनुहोस्। तपाईंको मुहार आफ्नो दासदेखि नफर्काउनुहोस्। मलाई झट्टै उत्तर दिनुहोस्, किनकि म दु:खमा परेको छु। मेरो नजिक आउनुहोस् र मेरो उद्धार गरिदिनुहोस्, मेरा शत्रुहरूको कारण मलाई मोल तिरेर छुटाउनुहोस्। मेरो तिरस्कार, मेरो शर्म र मेरो बेइज्जत तपाईंलाई थाहा छ। मेरा सबै शत्रुहरू तपाईंकै अगि छन्। तिरस्कारले मेरो मन भाँचेको छ, र म निस्सहाय भएको छु। मलाई टिठ्याउने कोही छन् कि भनेर मैले खोजें, तर कोही थिएन, र सान्त्वना दिनेहरू पनि, तर कोही थिएन। तिनीहरूले मेरो खानामा पित्त हाले, र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए। तिनीहरूका निम्ति राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्, यो नै प्रतिफल र धराप बनोस्। तिनीहरूका आँखा धमिला होऊन् र देख्न नसक्ने बनून्, र तिनीहरूको कमर सदा कुप्रिरहोस्। तिनीहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्, र तपाईंको दन्किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्। तिनीहरूको छाउनी उजाड भइजाओस्। तिनीहरूका पालहरूमा कोही वास नगरून्। किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, त्यसलाई नै तिनीहरू सताउँछन्, र जसलाई तपाईंले घायल पार्नुभएको छ, त्यसलाई तिनीहरू अझ बढ़ी कष्ट दिन्छन्। तिनीहरूलाई अपराधमाथि अपराधको दोषारोपण गर्नुहोस्, र तिनीहरू तपाईंका उद्धारको सहभागी हुन नपाऊन्। जीवनको पुस्तकबाट तिनीहरूका नाउँ मेटिऊन्, र धर्मीहरूका साथमा नलेखिऊन्।

भजनसंग्रह 69:13-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर हे याहवेह, तपाईंको ग्रहणयोग्य समयमा, म तपाईंलाई प्रार्थना गर्दछु; हे परमेश्वर, तपाईंको अचुक प्रेममा, तपाईंको निश्चित छुटकाराले मलाई उत्तर दिनुहोस्। मलाई दलदले हिलोबाट बचाउनुहोस्! मलाई डुब्न नदिनुहोस्, घृणा गर्नेहरूबाट, गहिरो पानीबाट मलाई बचाउनुहोस्! मलाई पानीको बाढीले नछोपोस् वा पानीको गहिराइले मलाई ननिलोस्, वा चिहानको मुख ममाथि बन्द नहोस्! हे याहवेह, तपाईंको अचुक प्रेमको उत्तमतामा मलाई जवाफ दिनुहोस्; तपाईंको महान् कृपामा मतिर फर्कनुहोस्। तपाईंको सेवकबाट आफ्नो मुहार नलुकाउनुहोस्; मलाई चाँडै जवाफ दिनुहोस्, किनकि म सङ्कटमा परेको छु। मेरो नजिक आएर मेरो उद्धार गर्नुहोस्; मेरा शत्रुहरूका कारण मलाई छुटाउनुहोस्! म अपमानित भएको, म शर्ममा परेको, र मेरो बेइज्जत भएको तपाईंलाई थाहा छ; मेरा सबै शत्रुहरू तपाईंकै सामु छन्। अपमानले गर्दा मेरो मन टुटेको छ; र म निरीह भएको छु; मलाई सहानुभूति देखाउने कोही छन् कि भनेर खोजी गरेँ, तर कोही थिएनन्; र सान्त्वना दिनेहरू पनि खोजेँ, तर कोही भेटिनँ। मेरो खानामा तिनीहरूले पित्त हाले, म तिर्खाउँदा सिर्का पिउन दिए। तिनीहरूका अगि राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्; र तिनीहरूका समृद्धि नै तिनीहरूको पासो बनोस्! तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्; तिनीहरूका ढाड सदा कुप्रिरहून्! तपाईंको क्रोध तिनीहरूमाथि खन्याउनुहोस्; तपाईंको रिसको आगो तिनीहरूमाथि आइपरोस्! तिनीहरूको स्थान उजाड भइजाओस्; तिनीहरूका पालहरूमा बास गर्ने कोही नहोस्। किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्, र तपाईंले घाइते पार्नुभएकाहरूका बारेमा तिनीहरूले कुरा काट्छन्। तपाईंले तिनीहरूको अपराधमाथि अपराधको हिसाब राख्नुहोस्; र तिनीहरू तपाईंको मुक्तिमा सहभागी हुन नपाऊन्। जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्, र धर्मी जनहरूसँग तिनीहरू गन्ती नहोऊन्।
भजनसंग्रह 69:13-28 पवित्र बाइबल (NERV)
तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः तपाईंले मलाई ग्रहण गरेको चाहन्छु। हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु, म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु। दलदल देखि मलाई तान्नु होस्। मलाई दलदल भित्र भासिन नदिनुहोस्। मलाई यो गहन पानीबाट बचाउनुहोस्। मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्। पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्। गहीरो प्वालले मलाई निल्न नदिनुहोस्। मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्। हे परमप्रभु, तपाईंको प्रेम असल छ। म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्। तपाईंको दासबाट मुख नफर्काउनु होस्। म सङ्कटमा छु। चाँडो, मलाई सघाउँनु होस्। आउनु होस् र मेरो प्राण जोगाउनु होस्। मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्। मेरो लज्जितपन तपाईं जान्नुहुन्छ, मेरो शत्रुहरूले मलाई अपमान गरेको तपाईं जान्नुहुन्छ, तिनीहरूले मलाई ती कुराहरू गर्दै गरेको तपाईंले देख्नुभयो। गालीले मलाई धूलो-पिठो पारेको छ। म गालीको कारणले मर्न लागेको छु म संवेदना पर्खिएको छु, तर कसैबाट पाउन सकिन। म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसें, तर कोही पनि आएन। तिनीहरूले मलाई खानलाई विष दिए। तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्। तिनीहरूका टेबलहरू खानाहरूले सजिएका छन्। तिनीहरूसँग त्यस्तो विशाल बन्धुत्वपूर्ण भोजहरू छन्। मलाई ती भोजहरूले विनाश गर्ला भन्ने लाग्दछ। तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीठ्यूँ सधैँको निम्ति दुर्बल हुन दिनुहोस्। तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव तिनीहरूले पनि गरून्। तिनीहरूका घरहरू रित्तो पारिदिनुहोस्। कोही पनि त्यहाँ बस्न नपाओस्। तिनीहरूलाई दण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्। त्यसपछि तिनीहरूले कुरा गर्दा पीडा र घायलहरू पाउनेछन्। तिनीहरूका अधर्म कामहरूको लागि दण्ड दिनुहोस्। तपाईं कत्तिको असल हुनुहुन्छ, भनी तिनीहरूलाई नदेखाउनु होस्। जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्, तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्।