YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 63

63
परमेश्‍वरको लागि चाहना
1हे परमेश्‍वर! तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ
र म तपाईंको चाहना गर्दछु।
मेरा सारा प्राणले तपाईंलाई चाहँदछु।
सुखा, उजाड र पानी नपाएको जमिनजस्‍तै
मेरो प्राण तपाईंकै लागि तिर्खाएको छ।
2तपाईंको पवित्रस्‍थानमा मैले तपाईंको दर्शन पाऊँ।
तपाईं कति शक्तिशाली र महिमापूर्ण हुनुहुन्‍छ, सो देख्‍न पाऊँ।
3तपाईंको अनन्‍त प्रेम प्राणभन्दा असल छ,
यसैले म तपाईंको प्रशंसा गर्नेछु।
4म बाँचुञ्‍जेल तपाईंलाई धन्‍यवाद चढाउनेछु,
म प्रार्थनामा तपाईंतिर आफ्‍ना हात उचाल्‍नेछु।
5मेरा प्राण भोजनले अघाउनेछ।
म तपाईंको प्रशंसाको भजन गर्दै आनन्‍दले गाउनेछु।
6ओछ्यानमा लडिरहँदा म तपाईंलाई सम्‍झनेछु,
रातभरि म तपाईंको बारेमा सोच्‍दछु
7किनभने तपाईं सदा मेरो सहायता गर्ने हुनुभएको छ।
तपाईंका पखेटामुनि म आनन्‍दले गाउँदछु।
8म तपाईंसँग टाँसिरहन्‍छु
र तपाईंका हातले मलाई कुशल राख्‍दछ।
9मलाई मार्ने चेष्‍टा गर्नेहरूचाहिँ
मृत्‍यु-लोकमा पुग्‍नेछन्।
10लडाइँमा तिनीहरू मारिनेछन्
र तिनका शरीर ब्‍वाँसाहरूले खानेछन्।
11परमेश्‍वरले विजय दिनुभएकोले
राजा रमाउनेछन्,
परमेश्‍वरको नाउँमा प्रतिज्ञा गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्,
तर झूट बोल्‍नेहरूका मुखमा बुझो लाग्‍नेछ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 63: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्