YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 64

64
सुरक्षाको लागि प्रार्थना
1म कष्‍टमा छु, हे परमेश्‍वर! मेरो प्रार्थना सुन्‍नुहोस्!
मलाई मेरा शत्रुहरूको डर छ; मेरो प्राण बचाउनुहोस्!
2मलाई दुष्‍टहरूका जाल-झेल,
कुकर्मीहरूका हुलदङ्गादेखि जोगाउनुहोस्।
3तिनीहरूले आफ्‍नो जिब्रो तरवारजस्‍तो धारिलो बनाउँछन्
र काँड हानेजस्‍तै निष्‍ठुर वचन बोल्‍दछन्।
4तिनीहरू लाजबिना आफ्‍ना झूटा कुरा फैलाउन हतार गर्छन्,
भयग्रस्‍त झूटा दोष लगाएर तिनीहरूले असल मानिसहरूलाई नाश गर्छन्।
5तिनीहरूले दुष्‍ट जाल रच्‍नमा एक-अर्कालाई आपसमा उत्‍साह दिन्‍छन्,
आफ्‍नो पासो कहाँ थाप्‍ने भनी तिनीहरूले युक्ति गर्छन्।
“ती पासोहरू कसैले देख्‍दैन,” तिनीहरूले भन्‍छन्।
6दुष्‍ट युक्तिहरू बनाएर तिनीहरूले भन्‍छन्,
“अरूले चालै नपाउने अपराधको उपाय हामीले गरेका छौं।”
मानिसका मन र हृदय रहस्‍यले भरिएका छन्।
7तर परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना वाणले हान्‍नुहुनेछ
र अचानक तिनीहरू घाइते हुनेछन्।
8उहाँले ती वचनका कारणले तिनीहरूलाई नाश पार्नुहुनेछ,
तिनीहरूलाई देख्‍ने सबै जनाले आफ्‍ना टाउको हल्‍लाउनेछन्।
9तिनीहरू डराउनेछन्
र परमेश्‍वरले गर्नुभएको कामबारे सोच्‍नेछन्
र उहाँका कामहरूबारेमा अरूलाई भन्‍नेछन्।
10परमेश्‍वरले गर्नुभएको कामको कारणले
सबै धर्मी मानिसहरूले आनन्‍द मनाउनेछन्,
तिनीहरूले परमेश्‍वरमा सुरक्षा पाउनेछन्।
सबै असल मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 64: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्