भजनसंग्रह 61
61
सुरक्षाको लागि प्रार्थना
1हे परमेश्वर! मेरो पुकार सुन्नुहोस्,
मेरो प्रार्थना सुन्नुहोस्!
2घरदेखि टाढामा पीर परेर
म तपाईंलाई पुकार्दछु।
मलाई सुरक्षित शरणस्थानमा लैजानुहोस्
3किनभने तपाईं मेरो रक्षक हुनुहुन्छ,
शत्रुहरूको विरुद्धमा मेरो बलियो ढाल हुनुहुन्छ।
4मैले जीवनभरि तपाईंको बासस्थानमा बास गर्न पाऊँ,
तपाईंका पखेटामुनि मैले सुरक्षा पाऊँ।
5हे परमेश्वर, तपाईंले मेरा प्रतिज्ञाहरू सुन्नुभएको छ,
तपाईंको आदर गर्नेहरूले पाउने कुरा तपाईंले मलाई दिनुभएको छ।
6राजाको आयु धेरै वर्ष बढोस्,
उनी बाँचिरहून्!
7हे परमेश्वर! तपाईंको सामु उनले सधैँभरि राज्य गरून्,
आफ्नो अनन्त प्रेम र विश्वासयोग्यताले उनको रक्षा गर्नुहोस्।
8यसैले मेरा प्रतिज्ञाअनुसार दिनप्रतिदिन तपाईंलाई भेटी चढाएर
म तपाईंको प्रशंसाको भजन सधैँ गाउनेछु।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 61: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.