YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 57:7-11

भजनसंग्रह 57:7-11 सरल नेपाली

हे परमेश्‍वर! तपाईंमाथि मेरो पूरा भरोसा छ, म भजन गाएर तपाईंको प्रशंसा गर्नेछु। हे मेरो आत्‍मा, जागी उठ्! मेरो वीणा र सितार, जाग, म घामलाई जगाउनेछु। हे प्रभु! जातिहरूका बीच म तपाईंलाई धन्‍यवाद चढाउनेछु, जाति-जातिका बीचमा तपाईंको प्रशंसा गर्नेछु। तपाईंको अनन्‍त प्रेम स्‍वर्गसम्‍म पुग्‍दछ र तपाईंको विश्‍वासयोग्‍यताले आकाश छुँदछ। हे परमेश्‍वर! आकाशमा आफ्‍नो महान्‌ता र सारा संसारमा आफ्‍नो महिमा देखाउनुहोस्।

भजनसंग्रह 57 पढ्नुहोस्