YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 57:1-11

भजनसंग्रह 57:1-11 सरल नेपाली

मलाई दया गर्नुहोस्, हे परमेश्‍वर! मलाई दया गर्नुहोस् किनभने सुरक्षाको निम्‍ति म तपाईंको शरण पर्दछु। उर्लंदो आँधी नथामिएसम्‍म तपाईंका पखेटाका छायामा म शरण पाउँदछु। म परमेश्‍वरलाई, सर्वोच्‍च परमेश्‍वरलाई पुकार्दछु, उहाँले मलाई चाहिएका हरेक थोक दिनुहुन्‍छ। उहाँले मलाई स्‍वर्गबाट जवाफ दिनुहुन्‍छ र बचाउनुहुन्‍छ, उहाँले मलाई सताउनेहरूलाई हराउनुहुन्‍छ। परमेश्‍वरले आफ्‍ना अटुट प्रेम र विश्‍वासयोग्‍यता मलाई देखाउनुहुन्‍छ। मानिस खाने सिंहहरूले जस्‍तै शत्रुहरूले मलाई घेरेका छन्, तिनीहरूका दाँत काँड र भालाहरूजस्‍ता छन् र जिब्रो धारिलो तरवारजस्‍तो! हे परमेश्‍वर! आकाशमा आफ्‍नो महान्‌ता र सारा पृथ्‍वीमा आफ्‍नो गौरव देखाउनुहोस्। मेरा शत्रुहरूले मलाई समात्‍न जाल बिछाएका छन्, म दु:खले विह्वल छु, तिनीहरूले मेरो बाटोमा एउटा खाडल खने, तर तिनीहरू आफैं त्‍यसमा परे। हे परमेश्‍वर! तपाईंमाथि मेरो पूरा भरोसा छ, म भजन गाएर तपाईंको प्रशंसा गर्नेछु। हे मेरो आत्‍मा, जागी उठ्! मेरो वीणा र सितार, जाग, म घामलाई जगाउनेछु। हे प्रभु! जातिहरूका बीच म तपाईंलाई धन्‍यवाद चढाउनेछु, जाति-जातिका बीचमा तपाईंको प्रशंसा गर्नेछु। तपाईंको अनन्‍त प्रेम स्‍वर्गसम्‍म पुग्‍दछ र तपाईंको विश्‍वासयोग्‍यताले आकाश छुँदछ। हे परमेश्‍वर! आकाशमा आफ्‍नो महान्‌ता र सारा संसारमा आफ्‍नो महिमा देखाउनुहोस्।

भजनसंग्रह 57 पढ्नुहोस्