YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 53:1-6

भजनसंग्रह 53:1-6 सरल नेपाली

मूर्खहरूले आपसमा भन्‍छन्, “परमेश्‍वर छैन।” तिनीहरू सबै भ्रष्‍ट भएका छन् र डरलाग्‍दा काम गरेका छन्। ठीक काम गर्ने कोही पनि छैन। कोही बुद्धिमान् छ कि, कोही मलाई पुज्‍नेछ कि भनेर परमेश्‍वरले स्‍वर्गदेखि मानिस जातिलाई खोजी हेर्नुहुन्‍छ। तर तिनीहरू सबै परमेश्‍वरबाट फर्किएका छन्, तिनीहरू सबै उत्तिकै दुष्‍ट छन्। ठीक काम गर्ने कोही छैन, एकै जना पनि छैन। परमेश्‍वर सोध्‍नुहुन्‍छ, “के तिनीहरूले जान्‍दैनन्? के यी खराबी गर्नेहरू अबुझ छन्? मेरा प्रजाहरूलाई लुटेर तिनीहरूले जीविका चलाउँछन् र तिनीहरूले कहिल्‍यै मलाई प्रार्थना गर्दैनन्।” तर तिनीहरूलाई डर हुनेछ। त्‍यस्‍तो डर तिनीहरूलाई अघि कहिल्‍यै भएन किनभने परमेश्‍वरले आफ्‍ना प्रजाका शत्रुहरूका हड्डी छरपष्‍ट पारिदिनुहुनेछ। परमेश्‍वरले तिनीहरूलाई पूरा अस्‍वीकार गर्नुभएको छ र इस्राएलले तिनीहरूलाई पूर्णरूपले हराउनेछन्। म कति प्रार्थना गर्दछु कि सियोनदेखि विजय इस्राएलकहाँ आओस्! जब परमेश्‍वरले फेरि इस्राएलीहरूको फलिफाप गराउनुहुन्‍छ, त्‍यस बेला तिनीहरू कति प्रशन्‍न हुनेछन्!

भजनसंग्रह 53 पढ्नुहोस्