भजनसंग्रह 53:1-6
भजनसंग्रह 53:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन।” तिनीहरू भ्रष्ट भएका छन्, र तिनीहरूका चाल घृणास्पद छन्। यस्तो कोही पनि छैन जसले असल गर्दछ। परमेश्वर स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ? सब मानिसहरू भड्किगएका छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन। के दुष्ट काम गर्नेहरूले कहिल्यै सिक्नेछैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्, र परमेश्वरको पुकारा गर्दैनन्। जहाँ डरको केही कारण थिएन त्यहीँ नै तिनीहरू भयले व्याकुल भए। परमेश्वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू तितरबितर पार्नुभयो, तिनीहरूलाई तिमीले शर्ममा पार्यौ, किनभने परमेश्वरले तिनीहरूलाई घृणा गर्नुभएको थियो। इस्राएलको उद्धार सियोनबाट आएको भए कति असल हुनेथियो! जब परमेश्वरले आफ्ना मानिसहरूको सुख-शान्ति फर्काइदिनुहुन्छ, याकूब रमाऊन्, र इस्राएल खुशी होऊन्!

भजनसंग्रह 53:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्वर छँदैछैन।” तिनीहरू भ्रष्ट छन्, र तिनीहरूका चाल लाजमर्दो छ; असल काम गर्ने कोही पनि छैन। परमेश्वरले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ यो जान्नलाई कि कोही त समझदार होला, जसले परमेश्वरको खोजी गर्दछ? तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्; असल गर्ने कोही छैन, एक जना पनि छैन। के यी सबै दुष्ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले परमेश्वरलाई कहिल्यै पुकार्दैनन्। तर जहाँ डराउनुपर्ने कुनै कारण नै थिएन, त्यहीँ नै तिनीहरू डरले व्याकुल भए। परमेश्वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू छरपस्ट पार्नुभएको छ; तिमीहरूले तिनीहरूलाई शर्ममा पारेका छौ; किनभने परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको थियो। अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब परमेश्वरले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।
भजनसंग्रह 53:1-6 पवित्र बाइबल (NERV)
केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्। त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्, अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्। त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ। परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ, जसले परमेश्वरलाई नै खोजिरहेछन्। तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्। प्रत्येक मानिस कपटी छन्। कसैले पनि राम्रो काम गर्दैन। एकजना पनि राम्रो काम गर्ने मानिस छैन! परमेश्वर भन्नुहुन्छ, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्। तिनीहरूले मलाई प्रार्थना गर्दैनन्। दुष्ट मानिसहरू मेरो भक्तजनहरूलाई ध्वंश पार्न उनीहरूको खाना खान जतिकै तयार छन्।” तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन् त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्। परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ। यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्, अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ। म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि इस्राएल को निम्ति विजय ल्याउनु हुनेछ। त्यही बेला परमेश्वरले आफ्ना भक्तजनहरूलाई निर्वासनबाट फर्काई ल्याउनु हुनेछ। याकूब प्रफुल्लित हुनेछ। इस्राएल आनन्दले ओतप्रोत हुनेछ।
भजनसंग्रह 53:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मूर्खहरूले आपसमा भन्छन्, “परमेश्वर छैन।” तिनीहरू सबै भ्रष्ट भएका छन् र डरलाग्दा काम गरेका छन्। ठीक काम गर्ने कोही पनि छैन। कोही बुद्धिमान् छ कि, कोही मलाई पुज्नेछ कि भनेर परमेश्वरले स्वर्गदेखि मानिस जातिलाई खोजी हेर्नुहुन्छ। तर तिनीहरू सबै परमेश्वरबाट फर्किएका छन्, तिनीहरू सबै उत्तिकै दुष्ट छन्। ठीक काम गर्ने कोही छैन, एकै जना पनि छैन। परमेश्वर सोध्नुहुन्छ, “के तिनीहरूले जान्दैनन्? के यी खराबी गर्नेहरू अबुझ छन्? मेरा प्रजाहरूलाई लुटेर तिनीहरूले जीविका चलाउँछन् र तिनीहरूले कहिल्यै मलाई प्रार्थना गर्दैनन्।” तर तिनीहरूलाई डर हुनेछ। त्यस्तो डर तिनीहरूलाई अघि कहिल्यै भएन किनभने परमेश्वरले आफ्ना प्रजाका शत्रुहरूका हड्डी छरपष्ट पारिदिनुहुनेछ। परमेश्वरले तिनीहरूलाई पूरा अस्वीकार गर्नुभएको छ र इस्राएलले तिनीहरूलाई पूर्णरूपले हराउनेछन्। म कति प्रार्थना गर्दछु कि सियोनदेखि विजय इस्राएलकहाँ आओस्! जब परमेश्वरले फेरि इस्राएलीहरूको फलिफाप गराउनुहुन्छ, त्यस बेला तिनीहरू कति प्रशन्न हुनेछन्!