YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 52

52
परमेश्‍वरको न्‍याय र अनुग्रह
1ए वीर मानिस! आफ्‍नो खराबीमा किन फुर्किन्‍छौ?
परमेश्‍वरको विश्‍वासयोग्‍यता अनन्‍तकालसम्‍म रहन्‍छ!
2अर्काको नाश गर्ने युक्ति तिमी गर्छौ।
तिम्रो जिब्रो लाग्‍ने छुराजस्‍तो छ।
तिमी सधैँ झूटो कुरा बनाइरहन्‍छौ।
3मलाई भन्दा बढ्ता तिमीले खराबीलाई प्रेम गर्छौ
र साँचो कुराभन्दा बढ्ता झूटो कुरा रुचाउँछौ।
4तिमीहरू आफ्‍ना वचनले मानिसहरूलाई चोट पार्न मन पराउँछौ, हे झूट बोल्‍नेहरू!
5यसैले परमेश्‍वरले तिमीहरूलाई सधैँको लागि नाश पार्नुहुनेछ,
उहाँले तिमीलाई पक्रेर घरदेखि निकाली लैजानुहुनेछ,
उहाँले तिमीलाई जिउँदाहरूका संसारबाट हटाउनुहुनेछ।
6यो देखेर धर्मीहरू डराउनेछन्,
तब तिनीहरूले तिम्रो हाँसो उडाउँदै भन्‍नेछन्:
7“हेर, यहाँ एक जना यस्‍तो मानिस छ, जसले सुरक्षाको निम्‍ति परमेश्‍वरमा भर परेन,
तर आफ्‍ना धेरै धन-सम्‍पत्तिमा भरोसा राख्‍यो,
दुष्‍ट बन्‍नमा नै उसले आफ्‍नो सुरक्षा देख्‍यो।”
8तर म परमेश्‍वरको भवनमा उम्रेको एउटा भद्राक्षको रूखजस्‍तो छु,
म युग-युगको लागि उहाँको अनन्‍त प्रेममा भरोसा राख्‍दछु।
9हे परमेश्‍वर! तपाईंले जे गर्नुभयो, त्‍यसको निम्‍ति म तपाईंलाई सधैँभरि धन्‍यवाद चढाउनेछु,
तपाईंको प्रजाको माझमा तपाईं भलो हुनुहुन्‍छ भनी म भन्‍नेछु।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 52: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्