हे परमेश्वर! मभित्र एउटा शुद्ध हृदय सृजना गर्नुहोस् र एउटा नयाँ र भक्तिको आत्मा ममा बसाल्नुहोस्। आफ्नो उपस्थितिदेखि मलाई नधपाउनुहोस्, मबाट तपाईंको पवित्र आत्मा नहटाउनुहोस्। तपाईंको मुक्तिबाट पाइने आनन्द मलाई फेरि दिनुहोस् र मलाई तपाईंको आज्ञा मान्ने इच्छा दिनुहोस्। तब म पापीहरूलाई तपाईंका आज्ञा सिकाउनेछु र तिनीहरू तपाईंतर्फ फर्कनेछन्। मेरो प्राण जोगाउनुहोस्, हे परमेश्वर, मलाई बचाउनुहोस् र म खुसीसाथ तपाईंको धार्मिकताबारे उच्च सोरले भन्नेछु। परमप्रभु! मलाई बोल्न सहायता गर्नुहोस् र म तपाईंको प्रशंसा गर्नेछु। तपाईं बलिदान चाहनुहुन्न, नत्र त म सो चढाउनेथिएँ, होमबलिसँग तपाईं खुसी हुनुहुन्न। चुर्ण आत्मा नै मेरो बलिदान हो, हे परमेश्वर। नम्र र पश्चात्तापी हृदयलाई तपाईं इन्कार गर्नुहुन्न। हे परमेश्वर! सियोनमाथि दयालु हुनुहोस् र त्यसलाई मद्दत गर्नुहोस्, यरूशलेमका पर्खालहरू फेरि बनाउनुहोस्। तब उचित बलिदानहरूसँग तपाईं खुसी हुनुहुनेछ र होमबलिहरूसँग सन्तुष्ट हुनुहुनेछ र तपाईंको वेदीमा साँढे बलि चढाइनेछन्।
भजनसंग्रह 51 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 51:10-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू