YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 47:1-7

भजनसंग्रह 47:1-7 सरल नेपाली

हे सबै मानिसहरू हो! आनन्‍दले ताली बजाओ! उच्‍च सोरमा भजन गाएर परमेश्‍वरको प्रशंसा गर! सर्वोच्‍च परमेश्‍वर, परमप्रभुको डर मान्‍नुपर्छ, उहाँ महान् राजा हुनुहुन्‍छ, उहाँले सारा संसारमा राज्‍य गर्नुहुन्‍छ। उहाँले हामीलाई जाति-जातिमाथि विजय गराउनुभयो, उहाँले हामीलाई राष्‍ट्र-राष्‍ट्रमाथि राज्‍य गर्न लगाउनुभयो। हामी बसेको देश उहाँले हाम्रै लागि रोजिदिनुभयो र त्‍यो उहाँले प्रेम गर्नुभएको आफ्‍नो प्रजाको गौरवमय सम्‍पत्ति भयो। परमेश्‍वर आफ्‍नो सिंहासनमा गएर बस्‍नुहुन्‍छ, उहाँ त्‍यसरी जानुहुँदा आनन्‍दका सोर उठ्छन् र तुरहीहरू बज्‍छन्। परमेश्‍वरको प्रशंसाको भजन गाओ, हाम्रा राजाको प्रशंसाको गाओ। सारा संसारमाथि परमेश्‍वर राजा हुनुहुन्‍छ, भजन गाएर उहाँको प्रशंसा गर!

भजनसंग्रह 47 पढ्नुहोस्