हे सबै जाति हो, ताली बजाओ, उच्च स्वरले परमेश्वरको जय-जयकार गर। सर्वोच्च परमप्रभु कस्तो भययोग्य हुनुहुन्छ, सारा पृथ्वीका महान् राजा! उहाँले जातिहरूलाई हाम्रो अधीनमा ल्याउनुभयो, र मानिसहरूलाई हाम्रा पैतालामुनि पार्नुभयो। उहाँले हाम्रा निम्ति उत्तराधिकार छान्नुभयो, याकूबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। सेला परमेश्वर आनन्दको ध्वनिसाथ माथि उक्लनुभएको छ, परमप्रभु तुरहीको आवाजसित जानुभएको छ। परमेश्वरको प्रशंसा गाओ, स्तुति गाओ। हाम्रा राजाको प्रशंसा गाओ, स्तुति गाओ। किनकि सारा पृथ्वीका राजा परमेश्वर नै हुनुहुन्छ। उहाँको निम्ति प्रशंसाको एउटा भजन गाओ।
भजनसंग्रह 47 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 47
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 47:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू