YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 46

46
परमेश्‍वर हाम्रो साथमा हुनुहुन्‍छ
1परमेश्‍वर हाम्रा शरणस्‍थान र बल हुनुहुन्‍छ,
सङ्कष्‍टको समयमा सहायता गर्न सधैँ तयार हुनुहुन्‍छ।
2यसकारण हामी डराउनेछैनौं:
चाहे पृथ्‍वी थर्कोस्
र पर्वतहरू महासागरमा खसून्।
3चाहे समुद्रहरू उर्लेर गर्जिऊन्
र डाँडाहरू जोडले थर्किऊन्।
4एउटा नदी छ, जसले परमेश्‍वरको सहरमा,
सर्वोच्‍च परमेश्‍वरको पवित्र मन्‍दिरमा आनन्‍द ल्‍याउँछ।
5परमेश्‍वर त्‍यो सहरमा बास गर्नुहुन्‍छ,
त्‍यो कहिले नष्‍ट हुनेछैन,
बिहान सबेरै उहाँ त्‍यसको मद्दतको लागि आउनुहुनेछ।
6जाति-जातिहरू डर मान्‍छन्, राज्‍य-राज्‍यहरू थर्कमान हुन्‍छन्,
परमेश्‍वर गर्जनुहुन्‍छ र पृथ्‍वी पग्‍लेर जान्‍छ।
7सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ,
याकूबका परमेश्‍वर हाम्रा शरणस्‍थान हुनुहुन्‍छ।
8परमप्रभुले के गर्नुभएको छ, आएर हेर।
हेर, उहाँले कति अचम्‍मका कामहरू पृथ्‍वीमा गर्नुभएको छ।
9उहाँले सारा पृथ्‍वीमा लडाइँ रोक्‍नुहुन्‍छ,
उहाँले धनु-काँड र भालाहरू भाँचिदिनुहुन्‍छ
र ढालहरूमा आगो लगाइदिनुहुन्‍छ।
10उहाँ भन्‍नुहुन्‍छ, “शान्‍त होओ
र सर्वोच्‍च परमेश्‍वर म नै हुँ भनी जान।
म जाति-जातिमा सारा संसारमा सबैभन्दा सर्वोच्‍च छु।”
11सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ,
याकूबका परमेश्‍वर हाम्रा शरणस्‍थान हुनुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 46: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्