YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 40:10-13

भजनसंग्रह 40:10-13 सरल नेपाली

मुक्तिको शुभ-खबर मैले आफैंले मात्र लुकाइराखेको छैनँ, तपाईंको विश्‍वासयोग्‍यता र सहायताबारे मैले सधैँ बोलेको छु। तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंका विश्‍वासयोग्‍यता र अटुट प्रेमको बारेमा भन्‍नलाई मैले मुख खोलेको छु। परमप्रभु! म जान्‍दछु कि तपाईंले मलाई दयामाया गर्न कहिल्‍यै छोड्‍नुहुन्‍न, तपाईंको प्रेम र विश्‍वासयोग्‍यताले मलाई कुशलसाथ सधैँ राख्‍नेछन्। मलाई धेरै कष्‍टहरूले घेरेका छन्, ती गन्‍न नसकिनेछन्! मेरा पापले मलाई पक्रेका छन् र म अब देख्‍न सक्‍दिनँ, ती पाप मेरा टाउकोको केशभन्दा धेरै छन् र मैले साहस हराएको छु। मलाई बचाउनुहोस्, परमप्रभु! अहिले मेरो मद्दत गर्नुहोस्!

भजनसंग्रह 40 पढ्नुहोस्