YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 38:1-12

भजनसंग्रह 38:1-12 सरल नेपाली

हे परमप्रभु, आफ्‍नो क्रोधमा मलाई दण्‍ड नदिनुहोस्! तपाईंले आफ्‍ना काँडले मलाई घाइते बनाउनुभएको छ, तपाईंले मलाई चोट पार्नुभएको छ। तपाईंको रिसले म ठूलो पीडामा छु, मेरा पापले गर्दा मेरो शरीर बिरामी भएको छ। म आफ्‍ना पापका बाढीमा डुब्‍दै छु, ती बोक्‍न नसकिने बोझ बनेका छन्। म मूर्ख भएकोले मेरो घाउ कुहेको छ र गनाउँछ। म निहुरेको छु, चुर भएको छु, दिनभरि म विलाप गर्दछु। मेरो ज्‍वरो आगोजस्‍तो बल्‍दो छ र म मर्न आँटेको छु। म गलिसकेको छु र चकनाचुर भएको छु, मेरो हृदयमा कष्‍ट छ र म पीडाले कराउँछु। हे प्रभु! म के चाहन्‍छु, सो तपाईंले जान्‍नुहुन्‍छ, मेरा सबै बिलौना तपाईंले सुन्‍नुहुन्‍छ। मेरो मुटु जोडले ढुकढुक गरिरहेको छ, मेरो बल हराइसक्‍यो र मेरा आँखाले तिनका ज्‍योति हराइसके। मेरा घाउका कारणले मेरो साथी र छिमेकीहरू मेरो नजिक आउँदैनन् र मेरा परिवार पनि मदेखि टाढा हुन्‍छन्। मलाई मार्न खोज्‍नेहरूले मलाई पासो थाप्‍छन्, मेरो हानि गर्न खोज्‍नेहरूले मलाई नष्‍ट गर्ने धम्‍की दिन्‍छन्। तिनीहरूले मेरो विरुद्धमा जाल रच्‍नदेखि कहिल्‍यै रोक्‍दैनन्।

भजनसंग्रह 38 पढ्नुहोस्