YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 38:1-12

भजनसंग्रह 38:1-12 पवित्र बाइबल (NERV)

हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्। तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्। हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ। तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए। तपाईंले मलाई दण्ड दिनुभयो। अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ। मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्। म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु। म टाउको उठाएर हिंड्न पनि लज्जित छु। मैले मूर्ख कामहरू गरें। अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन। म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु, म दिनभरि हताश-हताश हुन्छु। मलाई ज्वरो आएको छ, अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ। म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ। मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ। मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो। मेरो सुस्केरा तपाईंबाट लुकेको छैन। मेरो मुटु झन्-झन् ढुक्‌ढुक् गरिरहेको छ। मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु। मेरा बिमारीको कारणले गर्दा, मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्। मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्। मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्। तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्। सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 38 पढ्नुहोस्

भजनसंग्रह 38:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु, आफ्‍नो क्रोधमा मलाई दण्‍ड नदिनुहोस्! तपाईंले आफ्‍ना काँडले मलाई घाइते बनाउनुभएको छ, तपाईंले मलाई चोट पार्नुभएको छ। तपाईंको रिसले म ठूलो पीडामा छु, मेरा पापले गर्दा मेरो शरीर बिरामी भएको छ। म आफ्‍ना पापका बाढीमा डुब्‍दै छु, ती बोक्‍न नसकिने बोझ बनेका छन्। म मूर्ख भएकोले मेरो घाउ कुहेको छ र गनाउँछ। म निहुरेको छु, चुर भएको छु, दिनभरि म विलाप गर्दछु। मेरो ज्‍वरो आगोजस्‍तो बल्‍दो छ र म मर्न आँटेको छु। म गलिसकेको छु र चकनाचुर भएको छु, मेरो हृदयमा कष्‍ट छ र म पीडाले कराउँछु। हे प्रभु! म के चाहन्‍छु, सो तपाईंले जान्‍नुहुन्‍छ, मेरा सबै बिलौना तपाईंले सुन्‍नुहुन्‍छ। मेरो मुटु जोडले ढुकढुक गरिरहेको छ, मेरो बल हराइसक्‍यो र मेरा आँखाले तिनका ज्‍योति हराइसके। मेरा घाउका कारणले मेरो साथी र छिमेकीहरू मेरो नजिक आउँदैनन् र मेरा परिवार पनि मदेखि टाढा हुन्‍छन्। मलाई मार्न खोज्‍नेहरूले मलाई पासो थाप्‍छन्, मेरो हानि गर्न खोज्‍नेहरूले मलाई नष्‍ट गर्ने धम्‍की दिन्‍छन्। तिनीहरूले मेरो विरुद्धमा जाल रच्‍नदेखि कहिल्‍यै रोक्‍दैनन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 38 पढ्नुहोस्

भजनसंग्रह 38:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्‍काउनुहोस्‌, अथवा तपाईंका क्रोधको आवेगमा मलाई ताड़ना नदिनुहोस्‌। किनकि तपाईंका बाणहरू ममा गड़ेका छन्‌, र तपाईंको हात ममाथि परेको छ। तपाईं क्रुद्ध हुनुभएकोले मेरो शरीर स्‍वस्‍थ छैन, मेरा पापले गर्दा मेरा हाड़हरू दुर्बल छन्‌। मेरा अधर्महरूमा म शिरसम्‍म डुबिसकेको छु, मैले बोक्‍न नसक्‍ने गरी ती बढ़ी गह्रौँ भएका छन्‌। मेरो पापमय मूर्खताले गर्दा, मेरा घाउहरू दुर्गन्‍धित भएका छन्‌ र सड़िसकेका छन्‌। म झुकेर धूलैमा लोटिसकेको छु, दिनभरि म विलाप गर्दै हिँड्‌छु। मेरो ढाड जलनले भरिएको छ, र मेरो शरीरमा कत्ति पनि तन्‍दुरुस्‍ती छैन। म बिलकुल दुर्बल भएको छु, र चकनाचूर पारिएको छु। मेरो हृदयको पीडाले गर्दा म कहालिउठ्‌छु। हे परमप्रभु, मेरा सबै अभिलाषाहरू तपाईंलाई विदितै छन्‌, र मेरो सुस्‍केरा तपाईंबाट लुकेको छैन। मेरो मुटु धड़कन्‍छ, मेरो बलले भियाउँदैन, मेरो आँखाको ज्‍योति पनि मबाट गइसकेको छ। मेरा मित्र र सङ्गीहरू मेरा घाउहरूका कारणले मबाट अलग बस्‍छन्‌, र मेरा कुटुम्‍बहरू टाढ़ै उभिन्‍छन्‌। मेरो प्राण लिन खोज्‍नेहरूले मलाई पासो थाप्‍छन्‌, मेरो हानि खोज्‍नेहरूले मेरो विनाशका कुरा गर्छन्‌, र दिनभरि विश्‍वासघाती कल्‍पना रच्‍छन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 38 पढ्नुहोस्

भजनसंग्रह 38:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्; वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्। किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्, र तपाईंको हात ममाथि परेको छ। तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन; मेरा पापको कारणले गर्दा मेरा हाडहरू स्वस्थ छैनन्। मेरा अधर्महरूले मलाई ढाकिसकेको छ, बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्। मेरो पापमय मूर्खताको कारणले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्। म झुकेर धुलैमा मिलिसकेको छु; सारा दिन म विलाप गर्दै हिँड्छु। मेरो ढाड जलनको पीडाले भरिएको छ; मेरो शरीर स्वस्थ छैन। म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु; हृदयको पीडामा म कहालिन्छु। हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन। मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन; मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ। मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्; मेरा छिमेकीहरू टाढै उभिन्छन्। मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्; मेरो हानि खोज्नेहरूले मेरो विनाशको कुरा गर्छन्; दिनभरि छली योजना रच्दछन्।