हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्, अथवा तपाईंका क्रोधको आवेगमा मलाई ताड़ना नदिनुहोस्। किनकि तपाईंका बाणहरू ममा गड़ेका छन्, र तपाईंको हात ममाथि परेको छ। तपाईं क्रुद्ध हुनुभएकोले मेरो शरीर स्वस्थ छैन, मेरा पापले गर्दा मेरा हाड़हरू दुर्बल छन्। मेरा अधर्महरूमा म शिरसम्म डुबिसकेको छु, मैले बोक्न नसक्ने गरी ती बढ़ी गह्रौँ भएका छन्। मेरो पापमय मूर्खताले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन् र सड़िसकेका छन्। म झुकेर धूलैमा लोटिसकेको छु, दिनभरि म विलाप गर्दै हिँड्छु। मेरो ढाड जलनले भरिएको छ, र मेरो शरीरमा कत्ति पनि तन्दुरुस्ती छैन। म बिलकुल दुर्बल भएको छु, र चकनाचूर पारिएको छु। मेरो हृदयको पीडाले गर्दा म कहालिउठ्छु। हे परमप्रभु, मेरा सबै अभिलाषाहरू तपाईंलाई विदितै छन्, र मेरो सुस्केरा तपाईंबाट लुकेको छैन। मेरो मुटु धड़कन्छ, मेरो बलले भियाउँदैन, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ। मेरा मित्र र सङ्गीहरू मेरा घाउहरूका कारणले मबाट अलग बस्छन्, र मेरा कुटुम्बहरू टाढ़ै उभिन्छन्। मेरो प्राण लिन खोज्नेहरूले मलाई पासो थाप्छन्, मेरो हानि खोज्नेहरूले मेरो विनाशका कुरा गर्छन्, र दिनभरि विश्वासघाती कल्पना रच्छन्।
भजनसंग्रह 38 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 38
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 38:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू