YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 27:7-14

भजनसंग्रह 27:7-14 सरल नेपाली

हे परमप्रभु! मैले तपाईंलाई पुकारेको बेलामा सुन्‍नुहोस्! मलाई दयामाया गरेर आफ्‍नो उत्तर दिनुहोस्! “आइज र मलाई दण्‍डवत् गर्‌,” तपाईंले भन्‍नुहुँदा, “म आउनेछु, हे परमप्रभु,” भनी मैले उत्तर दिएँ। मदेखि नलुक्‍नुहोस्! मसँग नरिसाउनुहोस्, आफ्‍नो दासलाई नफर्काउनुहोस्। तपाईं मेरो सहारा बन्‍नुभएको छ, मलाई नछोड्‍नुहोस्, मलाई नत्‍याग्‍नुहोस्, हे परमेश्‍वर, मेरो उद्धारक! मेरा आमा-बुबाले मलाई त्‍याग्‍न सक्‍लान्, तर परमप्रभुले मलाई सह्माल्‍नुहुनेछ। मैले के गरेको तपाईं चाहनुहुन्‍छ, हे परमप्रभु, मलाई सिकाउनुहोस्। मलाई कुशल मार्गमा डोर्‍याउनुहोस् किनभने मेरा शत्रु धेरै छन्। मलाई मेरा शत्रुहरूका हातमा नछोड्‍नुहोस्, तिनीहरू ममाथि झूटा र धम्‍कीका कुरा लिएर आइहाल्‍छन्। म यो जान्‍दछु कि परमप्रभुको भलाइ यही जीवनमा म देख्‍न पाउनेछु। परमप्रभुमा भरोसा गर, उहाँमा विश्‍वास राख। हरेस नखाऊ, परमप्रभुमा भरोसा गर।

भजनसंग्रह 27 पढ्नुहोस्