YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 26:1-12

भजनसंग्रह 26:1-12 सरल नेपाली

हे परमप्रभु! मलाई निर्दोष ठहराउनुहोस् किनभने जे ठीक छ, सो म गर्दछु र तपाईंमा पूरा भरोसा राख्‍छु। हे परमप्रभु! मलाई जाँच्‍नुहोस् र मेरो परीक्षा लिनुहोस्, मेरा सोच र इच्‍छामाथि विचार गर्नुहोस्। तपाईंको अटुट प्रेमले मलाई बाटो देखाउँछ, तपाईंको विश्‍वासयोग्‍यताले मलाई सधैँ डोर्‍याउँछ। म बेकामका मानिसहरूको साथ लाग्‍दिनँ, कपटीहरूसँग मेरो केही काम छैन। दुष्‍ट मानिसहरूको सङ्गत म घृणा गर्दछु र दुष्‍ट मानिसहरूदेखि जोगिंदछु। हे परमप्रभु! म निर्दोष छु भनी बताउन म आफ्‍ना हात धुन्‍छु, म तपाईंको वेदीको चारैपट्टि तपाईंको दण्‍डवत् गर्दै फेरो लगाउँछु। म धन्‍यवादको भजन गाउँछु र तपाईंका सबै उदेकका कामबारे वर्णन गर्दछु। हे परमप्रभु! म तपाईंको बासस्‍थान, तपाईंको महिमा रहने ठाउँलाई प्रेम गर्दछु। पापीहरूसँग मलाई नाश नपार्नुहोस्, हत्‍याराहरूको कुगतिदेखि मलाई बचाउनुहोस्। ती हत्‍याराहरू सधैँ खराबी गर्न र घुस लिन तयार रहन्‍छन्। मेरो बारेमा भनूँ– जे ठीक छ, सो म गर्दछु, मलाई दया गर्नुहोस् र बचाउनुहोस्। म सबै विपत्तिदेखि बाँचेको छु, उहाँका जनहरू भेला भएको सभामा म परमप्रभुलाई प्रशंसा गर्छु।

भजनसंग्रह 26 पढ्नुहोस्