YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 26:1-12

भजनसंग्रह 26:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्‌। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु। मलाई जाँच्‍नुहोस्‌, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्‍नुहोस्‌। किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्‍ने छ, र तपाईंकै सत्‍यतामा म निरन्‍तर चल्‍दछु। म छली मानिसहरूसँग बस्‍दिनँ, र कपटीहरूको सङ्गत पनि गर्दिनँ। कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्‍टहरूसँग बस्‍न इन्‍कार गर्दछु। निर्दोषतामा म हात धुन्‍छु, र हे परमप्रभु, तपाईंका वेदीको परिक्रमा गर्दछु। उच्‍च स्‍वरमा धन्‍यवादको गीत गाउँदै म तपाईंका सबै आश्‍चर्यकर्मको वर्णन गर्दै हिँड्‌छु। हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन, तपाईंको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु। मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्‌, जसका हात दुष्‍ट योजनाले भरिएका छन्‌, र जसका दाहिने हात घूसले भरिएका छन्‌। तर म त निर्दोष जीवन जिउँछु, मेरो उद्धार गर्नुहोस्‌, र ममाथि कृपालु हुनुहोस्‌। मेरा गोडा सम्‍म मार्गमा खड़ा छ, ठूलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 26 पढ्नुहोस्

भजनसंग्रह 26:1-12 पवित्र बाइबल (NERV)

हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन। हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्। मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन, अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ। म ती व्यर्थका मानिसहरू मध्येको होइनँ। म दुष्टहरूका संगतलाई घृणा गर्छु। म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु। म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैनँ। हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्, म तपाईंको वेदीको वरिपरि हिँड्न सकुँ। हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु। म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो। हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु। हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्। ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्। तर म निर्दोष छु। यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्। म सबै विपदहरूबाट सुरक्षित छु। हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु, त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 26 पढ्नुहोस्

भजनसंग्रह 26:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! मलाई निर्दोष ठहराउनुहोस् किनभने जे ठीक छ, सो म गर्दछु र तपाईंमा पूरा भरोसा राख्‍छु। हे परमप्रभु! मलाई जाँच्‍नुहोस् र मेरो परीक्षा लिनुहोस्, मेरा सोच र इच्‍छामाथि विचार गर्नुहोस्। तपाईंको अटुट प्रेमले मलाई बाटो देखाउँछ, तपाईंको विश्‍वासयोग्‍यताले मलाई सधैँ डोर्‍याउँछ। म बेकामका मानिसहरूको साथ लाग्‍दिनँ, कपटीहरूसँग मेरो केही काम छैन। दुष्‍ट मानिसहरूको सङ्गत म घृणा गर्दछु र दुष्‍ट मानिसहरूदेखि जोगिंदछु। हे परमप्रभु! म निर्दोष छु भनी बताउन म आफ्‍ना हात धुन्‍छु, म तपाईंको वेदीको चारैपट्टि तपाईंको दण्‍डवत् गर्दै फेरो लगाउँछु। म धन्‍यवादको भजन गाउँछु र तपाईंका सबै उदेकका कामबारे वर्णन गर्दछु। हे परमप्रभु! म तपाईंको बासस्‍थान, तपाईंको महिमा रहने ठाउँलाई प्रेम गर्दछु। पापीहरूसँग मलाई नाश नपार्नुहोस्, हत्‍याराहरूको कुगतिदेखि मलाई बचाउनुहोस्। ती हत्‍याराहरू सधैँ खराबी गर्न र घुस लिन तयार रहन्‍छन्। मेरो बारेमा भनूँ– जे ठीक छ, सो म गर्दछु, मलाई दया गर्नुहोस् र बचाउनुहोस्। म सबै विपत्तिदेखि बाँचेको छु, उहाँका जनहरू भेला भएको सभामा म परमप्रभुलाई प्रशंसा गर्छु।

शेयर गर्नुहोस्
भजनसंग्रह 26 पढ्नुहोस्