हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु। मलाई जाँच्नुहोस्, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्, मेरो मन र हृदय जाँच्नुहोस्। किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्ने छ, र तपाईंकै सत्यतामा म निरन्तर चल्दछु। म छली मानिसहरूसँग बस्दिनँ, र कपटीहरूको सङ्गत पनि गर्दिनँ। कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्टहरूसँग बस्न इन्कार गर्दछु। निर्दोषतामा म हात धुन्छु, र हे परमप्रभु, तपाईंका वेदीको परिक्रमा गर्दछु। उच्च स्वरमा धन्यवादको गीत गाउँदै म तपाईंका सबै आश्चर्यकर्मको वर्णन गर्दै हिँड्छु। हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन, तपाईंको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु। मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्, जसका हात दुष्ट योजनाले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्। तर म त निर्दोष जीवन जिउँछु, मेरो उद्धार गर्नुहोस्, र ममाथि कृपालु हुनुहोस्। मेरा गोडा सम्म मार्गमा खड़ा छ, ठूलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु।
भजनसंग्रह 26 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 26:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू