भजनसंग्रह 16
16
भरोसाको प्रार्थना
1हे परमेश्वर, मलाई सुरक्षा गर्नुहोस्, रक्षाको लागि म तपाईंमा भरोसा गर्दछु।
2म परमप्रभुलाई भन्छु, “तपाईं मेरा प्रभु हुनुहुन्छ।
मसँग भएका सबै असल कुरा तपाईंबाट आएका हुन्।”
3परमप्रभुका विश्वासीजनहरू कति असल हुन्छन्!
म तिनीहरूसँग रहन पाएमा ठूलो आनन्द पाउँछु।
4अन्य देवताहरूतिर दगुर्नेहरूले आफैंमाथि धेरै कष्ट ल्याउँछन्।
म तिनीहरूको बलिदानमा केही भाग लिनेछैनँ,
म तिनीहरूका देवतालाई पुज्नेछैनँ।
5परमप्रभु! तपाईं मेरो सर्वस्व हुनुहुन्छ
र मलाई चाहिएका हरेक थोक तपाईंले दिनुहुन्छ,
मेरो भविष्य तपाईंको हातमा छ।
6तपाईंले मलाई दिनुभएका दानहरू
कति राम्रा र उदेकका छन्!
7म परमप्रभुको प्रशंसा गर्छु किनभने उहाँले मेरो अगुवाइ गर्नुहुन्छ
र राती मेरो विवेकले मलाई सावधान गराउँदछ।
8सदा परमप्रभु उपस्थित हुनुभएको म थाहा पाउँदछु,
उहाँ नजिक हुनुहुन्छ, कुनै कुराले मलाई हल्लाउन सक्दैन।
9यसैले म आनन्दित र धन्यवादी छु,
मैले आफैंलाई पूरा सुरक्षित पाउँछु
10 #
प्रेरित 13:35
किनभने तपाईंले मलाई मृत्युको शक्तिबाट रक्षा गर्नुहुन्छ।
तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।
11 #
प्रेरित 2:25-28
तपाईंले मलाई जीवनमा पुर्याउने बाटो देखाउनुहुन्छ,
तपाईंको उपस्थितिले मलाई आनन्दले भरिदिनुहुन्छ
र मलाई सदासर्वदाको लागि सुख-चैन हुन्छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 16: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.