YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 147:12-20

भजनसंग्रह 147:12-20 सरल नेपाली

हे यरूशलेम, परमप्रभुको प्रशंसा गर, हे सियोन, तिम्रा परमेश्‍वरको प्रशंसा गर! उहाँले तिम्रा ढोकाहरू बलिया बनाउनुहुन्‍छ, उहाँले तिम्रा मानिसहरूलाई आशिष् दिनुहुन्‍छ। उहाँले तिम्रा साँध-सिमानाको रक्षा गर्नुहुन्‍छ र सबैभन्दा असल गहुँले तिमीलाई तृप्‍त गर्नुहुन्‍छ। उहाँले पृथ्‍वीलाई आज्ञा दिनुहुन्‍छ र झट्टै उहाँको आज्ञाको पालन हुन्‍छ। उहाँले कम्‍बलजस्‍तो गरी हिउँ फैलाउनुहुन्‍छ र धुवाँसरि तुसारो छर्नुहुन्‍छ। उहाँले रोडाका टुक्राझैँ असिना बर्साउनुहुन्‍छ, उहाँले पठाउनुभएको जाडो कसैले सहन सक्‍दैन। तब उहाँले एउटा आज्ञा दिनुहुन्‍छ र हिउँ पग्‍लँदछ, उहाँले बतास पठाउनुहुन्‍छ र पानी बग्‍दछ। उहाँले आफ्‍ना प्रजालाई आफ्‍नो सन्‍देश दिनुहुन्‍छ, इस्राएललाई आफ्‍ना नियम र अर्तीहरू दिनुहुन्‍छ। उहाँले अरू जातिहरूलाई त्‍यसो गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्‍दैनन्। परमप्रभुको प्रशंसा गर!

भजनसंग्रह 147 पढ्नुहोस्