YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 147:12-20

भजनसंग्रह 147:12-20 NNRV

हे यरूशलेम, परमप्रभुको स्‍तुति गा! हे सियोन, आफ्‍ना परमेश्‍वरको प्रशंसा गर्‌! किनकि उहाँले तेरा सहरका ढोकाहरू सुदृढ़ पारिदिनुहुन्‍छ, अनि तँभित्र वास गर्ने मानिसहरूलाई आशिष्‌ दिनुहुन्‍छ। उहाँले तेरा साँध-सिमानामा शान्‍ति स्‍थापित गरिदिनुहुन्‍छ, उहाँले तँलाई असल गहूँले तृप्‍त पार्नुहुन्‍छ। उहाँले पृथ्‍वीमा आदेश पठाउनुहुन्‍छ, उहाँको वचन अति तेज गतिले दौड़न्‍छ। उहाँले ऊनजस्‍तै गरी हिमपात गराउनुहुन्‍छ, अनि तुसारो खरानीझैँ छरिदिनुहुन्‍छ। उहाँले असिना कङ्कड़झैँ बर्साउनुहुन्‍छ, उहाँका कठ्याङग्रिने चिसो बतासमा को टिक्‍न सक्‍छ? उहाँले आफ्‍नो वचन पठाउनुहुन्‍छ र ती पगाल्‍नुहुन्‍छ, उहाँले आफ्‍नो बतास चलाउनुहुन्‍छ र पानी बग्‍न थाल्‍छ। उहाँले आफ्‍नो वचन याकूबलाई, र आफ्‍ना नियम र विधिहरू इस्राएललाई देखाउनुभएको छ। अरू कुनै जातिको निम्‍ति उहाँले यस्‍तो कार्य गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्‍दैनन्‌। हल्‍लेलूयाह!