YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 145:1-7

भजनसंग्रह 145:1-7 सरल नेपाली

तपाईंको महान्‌ताको घोषणा गर्नेछु, हे मेरा परमेश्‍वर, मेरा राजा! म सदासर्वदा तपाईंलाई धन्‍यवाद चढाउनेछु। म प्रतिदिन तपाईंलाई धन्‍यवाद चढाउनेछु, सदासर्वदा म तपाईंको प्रशंसा गर्नेछु। परमप्रभु महान् हुनुहुन्‍छ र उहाँको उच्‍च प्रशंसा हुनुपर्छ, उहाँको महान्‌ता बुझ्‍न नसकिनेछ। एक पुस्‍तादेखि अर्को पुस्‍ताले तपाईंको कामको प्रशंसा गर्नेछ, तपाईंको शक्तिशाली कामहरूबारे तिनीहरूले जोडले भन्‍नेछन्। तिनीहरूले तपाईंका महिमा र राजकीय गौरवबारे भन्‍नेछन् र म तपाईंका उदेकका कामहरूमा ध्‍यान दिनेछु। मानिसहरूले तपाईंका शक्तिशाली कामहरूबारे भन्‍नेछन् र म तपाईंको महान्‌ताबारे जोडले भन्‍नेछु। तिनीहरूले तपाईंका सारा भलाइको बयान गर्नेछन् र तपाईंको दयाबारे गाउनेछन्।

भजनसंग्रह 145 पढ्नुहोस्