हे परमेश्वर मेरा राजा, म तपाईंको नाउँ उच्च पार्दछु, म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गर्नेछु। प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्तुति गर्नेछु, परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको अति योग्य, र उहाँको महानता अगम छ। एक पुस्ताले अर्को पुस्तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्। तिनीहरूले तपाईंको ऐश्वर्य र तेजस्वी वैभवको वर्णन गर्नेछन्, र म तपाईंका आश्चर्यपूर्ण कार्यहरूमाथि चिन्तन गर्नेछु। मानिसहरूले तपाईंको महान् कामहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्, र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु। तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्द मनाउनेछन्, र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन्।
भजनसंग्रह 145 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 145
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 145:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू