YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 144:9-15

भजनसंग्रह 144:9-15 सरल नेपाली

हे परमेश्‍वर, म तपाईंलाई एउटा नयाँ भजन गाएर सुनाउनेछु, म वीणा बजाएर तपाईंलाई भजन सुनाउनेछु। राजाहरूलाई तपाईंले विजय दिनुहुन्‍छ र आफ्‍नो दास दाऊदलाई बचाउनुहुन्‍छ! मेरा निष्‍ठुर शत्रुहरूदेखि मलाई बचाउनुहोस्, कहिल्‍यै सत्‍य नबोल्‍ने र किरिया खाएर पनि झूट बोल्‍ने विदेशीहरूको शक्तिदेखि मेरो उद्धार गर्नुहोस्। हाम्रा छोराहरू आफ्‍ना जवानीपनमा बलियो भई उम्रेका बोटहरूजस्‍ता होऊन्! राजदरबारका कुना-कुनालाई सिँगार्ने खम्‍बाहरूजस्‍ता हाम्रा छोरीहरू होऊन्! हाम्रा भकारीहरू हरेक प्रकारका अन्‍नले भरिऊन्। हाम्रा भेडाहरूले हजारौं-हजार गरेर बच्‍चा ब्याऊन्। गाई-वस्‍तुहरूको गर्भ नतुहोस् र धेरै ब्याऊन्। हाम्रा सडकहरूमा दु:ख-कष्‍टका हाहाकार नसुनिओस्! जुन देशमा यी कुराहरू सत्‍य भएका छन्, त्‍यो देश खुसी देश हो। जसका परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ, ती मानिसहरू खुसी होऊन्।

भजनसंग्रह 144 पढ्नुहोस्