YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 139:7-18

भजनसंग्रह 139:7-18 सरल नेपाली

तपाईंदेखि भागेर म कहाँ जान सक्‍छु र? तपाईंको उपस्‍थितिबाट म कहाँ टाढा हुन सक्‍छु र? म उँभो स्‍वर्गमा गएँ भने, त्‍यहाँ तपाईं हुनुहुन्‍छ; म मृत्‍यु-लोकमा उत्रें भने त्‍यहाँ तपाईं हुनुहुन्‍छ। पूर्वमा धेरै टाढासम्‍म उडी गएँ भने, वा पश्‍चिममा टाढाभन्दा टाढामा गई बास गरें भने, मलाई डोर्‍याउन भनी तपाईं त्‍यहाँ हुनुहुन्‍छ, मलाई सहायता दिन भनी तपाईं त्‍यहाँ पनि हुनुहुन्‍छ, अन्‍धकारलाई म “मलाई लूका” भन्‍न सकूँला, वा मेरा चारैपट्टिका उज्‍यालोलाई “रात बन्” भन्‍न सकूँला, तर अन्‍धकार तपाईंको लागि अँध्‍यारो हुँदैन, र रातचाहिँ दिनजस्‍तै उज्‍यालो हुन्‍छ, तपाईंको निम्‍ति रात र दिन एकै हुन्। तपाईंले मेरो हरेक अङ्ग बनाउनुभयो, आमाको गर्भमा तपाईंले मलाई रच्‍नुभयो। म तपाईंको प्रशंसा गर्दछु किनभने हामीले तपाईंको डर मान्‍नु पर्दछ, तपाईंका सबै काम उदेकका र अचम्‍मका छन्, यी सबै कुरा म आफ्‍नो हृदयबाट जान्‍दछु। जब मेरा हड्डीहरू बनिंदैथिए, मेरी आमाको गर्भमा ती ठीकसँग जोडिदैथिए, र अदृश्‍यमा म त्‍यहाँ बढ्दैथिएँ, त्‍यति बेला म त्‍यहाँ छु भनी तपाईं जान्‍नुहुन्‍थ्‍यो। मेरो जन्‍म हुनुभन्दा अघि नै तपाईंले मलाई देख्‍नुभएको हो, मेरा आयुका दिनहरू सुरु हुनुभन्दा अघि नै तपाईंको पुस्‍तकमा लेखिएका थिए। हे परमेश्‍वर, तपाईंका विचारहरू कति अमूल्‍य छन्, र सङ्‍ख्‍यामा ती विचारहरू कति धेरै छन्! मैले तिनीहरूको गन्‍ती लिएँ भने, ती बालुवाका कणहरूभन्दा बढ्ता छन्, म बिउँझँदा, तपाईंसँग नै भइरहेको हुन्‍छु।

भजनसंग्रह 139 पढ्नुहोस्