तपाईंका आत्माबाट म कहाँ अलग्ग जान सक्छु? अथवा तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? म आकाशमा गएँ भने, तपाईं त्यहाँ हुनुहुन्छ, गहिराइमा आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ। प्रभातको पखेटामा उड़ेर समुद्रको पल्लो किनारमा गएर बसें भने पनि, त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई पक्रिराख्नेछ। यदि म भनूँ, “अँध्यारोले मलाई छोप्नेछ, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ,” तापनि अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन, रात त दिनको उज्यालोजस्तै चम्कनेछ, किनभने अन्धकार तपाईंको निम्ति ज्योतिजस्तै हो। किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो। म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु। जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। हे परमेश्वर, मेरो निम्ति तपाईंका विचारहरू कति बहुमूल्य छन्! तिनको सङ्ख्या कति महान् छ! तिनलाई मैले गन्नुपरेमा, ती बालुवाका कणहरूभन्दा बढ़ी हुनेथिए। जब म बिउँझन्छु, तब म तपाईंसँगै हुन्छु।
भजनसंग्रह 139 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 139
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 139:7-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू