YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 127:1-5

भजनसंग्रह 127:1-5 सरल नेपाली

परमप्रभुले घर बनाउनुभएन भने घर बनाउनेहरूको काम व्‍यर्थ हुन्‍छ। परमप्रभुले सहरको रक्षा गर्नुभएन भने पहरादारहरूले पहरा गर्नु व्‍यर्थ छ। भोजनको निम्‍ति परिश्रम गर्न बिहान सबेरै उठ्‍नु र राती अबेर सुत्‍न जानु व्‍यर्थ छ किनकि उहाँले आफ्‍ना प्रियहरूलाई निद्रा दिनुहुन्‍छ। छोरा-छोरीहरू परमप्रभुका दान हुन्, तिनीहरू साँचो आशिष् हुन्। युवावस्‍थामा जन्‍मेका छोराहरू वीरका हातमा भएका काँडजस्‍ता हुन्। आफूसँग यस्‍ता काँड धेरै भएको मानिस प्रसन्‍न रहन्‍छ। न्‍याय गरिने ठाउँमा आफ्‍ना शत्रुहरूसँग भेट हुँदा कहिल्‍यै उसको हार हुनेछैन।

भजनसंग्रह 127 पढ्नुहोस्