परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ। भोजनको निम्ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्नु, र राती अबेर सुत्न जानु व्यर्थ छ, किनकि उहाँले आफ्ना प्रियहरूलाई निद्रा दिनुहुन्छ। छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्। योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्, त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूल ढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्।
भजनसंग्रह 127 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 127
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 127:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू