YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:49-55

भजनसंग्रह 119:49-55 सरल नेपाली

म तपाईंको दाससँग गर्नुभएको प्रतिज्ञा याद गर्नुहोस्, त्‍यसले मलाई आशा दिएको छ। मेरो कष्‍टको बेलामा पनि मैले सान्‍त्‍वना पाएँ किनभने तपाईंको प्रतिज्ञाले मलाई जीवन दियो। घमण्‍डीहरूले मलाई सधैँ घृणा गर्छन्, तर म तपाईंको व्‍यवस्‍था छोड्‍नेछैनँ। धेरैअघिका तपाईंका न्‍यायहरू म सम्‍झँन्‍छु, हे परमप्रभु, तिनले मलाई सान्‍त्‍वना दिन्‍छन्। दुष्‍टहरूले तपाईंका व्‍यवस्‍था तोडेका देख्‍दा मलाई साह्रै रिस उठ्दछ। पृथ्‍वीको मेरो छोटो जीवनमा म तपाईंका आज्ञाहरूबारे भजन रच्‍दछु। परमप्रभु, राती म तपाईंलाई याद गर्दछु र तपाईंको व्‍यवस्‍थाबारे सोच्‍दछु।

भजनसंग्रह 119 पढ्नुहोस्