YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:49-55

भजनसंग्रह 119:49-55 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म तपाईंको दाससँग गर्नुभएको प्रतिज्ञा याद गर्नुहोस्, त्‍यसले मलाई आशा दिएको छ। मेरो कष्‍टको बेलामा पनि मैले सान्‍त्‍वना पाएँ किनभने तपाईंको प्रतिज्ञाले मलाई जीवन दियो। घमण्‍डीहरूले मलाई सधैँ घृणा गर्छन्, तर म तपाईंको व्‍यवस्‍था छोड्‍नेछैनँ। धेरैअघिका तपाईंका न्‍यायहरू म सम्‍झँन्‍छु, हे परमप्रभु, तिनले मलाई सान्‍त्‍वना दिन्‍छन्। दुष्‍टहरूले तपाईंका व्‍यवस्‍था तोडेका देख्‍दा मलाई साह्रै रिस उठ्दछ। पृथ्‍वीको मेरो छोटो जीवनमा म तपाईंका आज्ञाहरूबारे भजन रच्‍दछु। परमप्रभु, राती म तपाईंलाई याद गर्दछु र तपाईंको व्‍यवस्‍थाबारे सोच्‍दछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:49-55 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍नो दासलाई दिनुभएको वचन सम्‍झना राख्‍नुहोस्‌, किनकि तपाईंले मलाई आशा प्रदान गर्नुभएको छ। मेरो सङ्कष्‍टमा मेरो सान्‍त्‍वना यसैबाट छ, तपाईंको प्रतिज्ञाले मेरो प्राणलाई सुरक्षित राख्‍तछ। अहङ्कारीहरूले मेरो विनाअवरोध ठट्टा गरेका छन्‌, तर तपाईंको व्‍यवस्‍थाबाट म हटेको छैनँ। तपाईंका पुराना नियमहरू म स्‍मरण गर्दछु, अनि हे परमप्रभु, म तिनमा सान्‍त्‍वना पाउँछु। तपाईंको व्‍यवस्‍था त्‍याग्‍ने दुष्‍टहरूले गर्दा, मलाई आक्रोशले अँठ्याएको छ। म जहाँ बसोबास गरे पनि, तपाईंका विधिहरू मेरो भजनको विषयवस्‍तु भएका छन्‌। हे परमप्रभु, म राती तपाईंका नाउँको स्‍मरण गर्दछु, अनि तपाईंको व्‍यवस्‍था म पालन गर्नेछु।

भजनसंग्रह 119:49-55 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तपाईंका सेवकलाई दिनुभएको वचन सम्झना गर्नुहोस्; किनकि तपाईंले मलाई आशा दिनुभएको छ। मेरो कष्‍टमा मेरो सान्त्वना यही छ: तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ। अहङ्कारीहरू निर्दयी भएर मेरो हाँसो गर्छन्; तर म तपाईंका व्यवस्थाबाट तर्केर जादिनँ। हे याहवेह, म तपाईंका प्राचीन कालदेखिका नियमहरू स्मरण गर्दछु, अनि म तिनमा सान्त्वना पाउँदछु। तपाईंको व्यवस्था त्याग्ने दुष्‍टहरूले गर्दा, मलाई असाध्यै रिस उठेको छ। म जहाँ बसोबास गरेँ तापनि तपाईंका उर्दीहरू मेरा गीतका विषयवस्तु भएका छन्। हे याहवेह, रातको समयमा म तपाईंको नामको स्मरण गर्दछु, ताकि म तपाईंको व्यवस्था पालन गर्न सकूँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:49-55 पवित्र बाइबल (NERV)

हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्। त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ। म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो। तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो। ती घमण्डीहरूले मलाई लगातार अपमान गरे, तर मैले तपाईंका शिक्षाहरूको अनुशरण गर्न छोडिनँ। हे परमप्रभु, म सधैँ तपाईंको बुद्धिमानी निर्णयहरूले मलाई सान्त्वना दिंदछ। जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू मान्न छाड्दै गएको देखें र म क्रोधित भएँ। मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै मेरो गीतहरू भएका छन्। हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु। अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु।