आफ्नो दासलाई दिनुभएको वचन सम्झना राख्नुहोस्, किनकि तपाईंले मलाई आशा प्रदान गर्नुभएको छ। मेरो सङ्कष्टमा मेरो सान्त्वना यसैबाट छ, तपाईंको प्रतिज्ञाले मेरो प्राणलाई सुरक्षित राख्तछ। अहङ्कारीहरूले मेरो विनाअवरोध ठट्टा गरेका छन्, तर तपाईंको व्यवस्थाबाट म हटेको छैनँ। तपाईंका पुराना नियमहरू म स्मरण गर्दछु, अनि हे परमप्रभु, म तिनमा सान्त्वना पाउँछु। तपाईंको व्यवस्था त्याग्ने दुष्टहरूले गर्दा, मलाई आक्रोशले अँठ्याएको छ। म जहाँ बसोबास गरे पनि, तपाईंका विधिहरू मेरो भजनको विषयवस्तु भएका छन्। हे परमप्रभु, म राती तपाईंका नाउँको स्मरण गर्दछु, अनि तपाईंको व्यवस्था म पालन गर्नेछु।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:49-55
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू