YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 112:1-9

भजनसंग्रह 112:1-9 सरल नेपाली

परमप्रभुको स्‍तुति गर! परमप्रभुलाई आदर दिने र उहाँको आज्ञा मान्‍न आनन्‍द मनाउने मानिस साँच्‍चै खुसी हो। असल मानिसका छोरा-छोरीहरू देशमा शक्तिशाली हुन्‍छन्, उसका सन्‍तानले आशिष् पाउँछन्। उसका घर-परिवारले धन-सम्‍पत्ति कमाउँछन् र सधैँ उसको फलिफाप हुनेछ। असल मानिसको लागि र जो कृपालु, दयालु र धर्मी छन्, तिनीहरूको लागि अन्‍धकारमा ज्‍योति चम्‍कन्‍छ। त्‍यो मानिस खुसी रहन्‍छ, जसले मुट्ठी खोलेर ऋण दिन्‍छ र आफ्‍नो व्‍यापार इमानदारीसाथ चलाउँछ। असल मानिस कहिल्‍यै असफल हुन्‍न, उसलाई सधैँभरि मानिसहरूले याद गर्छन्। दुष्‍ट समाचार पाएर ऊ हड्बडाउँदैन, उसको विश्‍वास दरिलो छ र उसले परमप्रभुमाथि भरोसा राख्‍दछ। उसलाई डर वा फिक्री हुँदैन, उसले अवश्‍यै आफ्‍ना शत्रुहरूको हार भएको देख्‍नेछ। उसले अभावमा परेकाहरूलाई खुला मनले दिँदछ र उसको दया कहिल्‍यै हराउँदैन। ऊ शक्तिशाली हुनेछ र उसले आदर पाउनेछ।

भजनसंग्रह 112 पढ्नुहोस्