भजनसंग्रह 112
112
असल मानिसको सुख
1परमप्रभुको स्तुति गर!
परमप्रभुलाई आदर दिने
र उहाँको आज्ञा मान्न आनन्द मनाउने मानिस
साँच्चै खुसी हो।
2असल मानिसका छोरा-छोरीहरू देशमा शक्तिशाली हुन्छन्,
उसका सन्तानले आशिष् पाउँछन्।
3उसका घर-परिवारले धन-सम्पत्ति कमाउँछन्
र सधैँ उसको फलिफाप हुनेछ।
4असल मानिसको लागि
र जो कृपालु, दयालु र धर्मी छन्,
तिनीहरूको लागि अन्धकारमा ज्योति चम्कन्छ।
5त्यो मानिस खुसी रहन्छ,
जसले मुट्ठी खोलेर ऋण दिन्छ
र आफ्नो व्यापार इमानदारीसाथ चलाउँछ।
6असल मानिस कहिल्यै असफल हुन्न,
उसलाई सधैँभरि मानिसहरूले याद गर्छन्।
7दुष्ट समाचार पाएर ऊ हड्बडाउँदैन,
उसको विश्वास दरिलो छ
र उसले परमप्रभुमाथि भरोसा राख्दछ।
8उसलाई डर वा फिक्री हुँदैन,
उसले अवश्यै आफ्ना शत्रुहरूको हार भएको देख्नेछ।
9 #
२ कोरिन्थी 9:9
उसले अभावमा परेकाहरूलाई खुला मनले दिँदछ
र उसको दया कहिल्यै हराउँदैन।
ऊ शक्तिशाली हुनेछ
र उसले आदर पाउनेछ।
10दुष्टहरूले यो देखेर रिस गर्छन्,
तिनीहरू दाह्रा किट्छन् र लोप भएर जानेछन्
र तिनीहरूका आशा पनि सधैँको लागि हराइजान्छन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 112: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.