मिश्रमा हाम्रा पुर्खाहरूले परमेश्वरका उदेकका कामहरू बुझेनन्, धेरै चोटि उहाँले तिनीहरूलाई देखाउनुभएको प्रेम तिनीहरूले भुले र लाल समुद्रमा तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको विद्रोह गरे। तर उहाँले प्रतिज्ञा गर्नुभएअनुसार आफ्ना परमशक्ति देखाउन उहाँले तिनीहरूलाई बचाउनुभयो। उहाँले लाल समुद्रलाई आज्ञा दिनुभयो र त्यो सुक्यो र उहाँले आफ्ना प्रजालाई सुखा जमिनमाथि पार गराउनुभयो। तिनीहरूलाई घृणा गर्नेहरूदेखि र तिनीहरूका शत्रुहरूबाट उहाँले तिनीहरूलाई बचाउनुभयो। तर समुद्रको पानीले तिनीहरूका शत्रुहरूलाई डुबाए, एक जना पनि बाँचेन। तब उहाँका प्रजाले उहाँको प्रतिज्ञामा विश्वास गरे र उहाँको प्रशंसाका भजन गाए। तर उहाँले गर्नुभएको काम छिट्टै तिनीहरूले भुले र उहाँको सल्लाह नपर्खी आफ्ना काम गरे। मरुभूमिमा तिनीहरूले अनेक प्रकारका लालसा गरे र परमेश्वरको जाँच गरे। यसैले तिनीहरूले मागेका सबै कुराहरू उहाँले तिनीहरूलाई दिनुभयो, तर एउटा डरलाग्दो रोग पनि तिनीहरूका बीचमा पठाउनुभयो। परमप्रभुका पवित्र सेवकहरू; मोशा र हारूनलाई, तिनीहरूले मरुभूमिमा ईर्ष्या गरे। तब पृथ्वी फाट्यो र दातानलाई निल्यो र अबीराम र त्यसका परिवार त्यहाँ गाडिए। तिनीहरूका पछि लाग्नेहरूमाथि आगोको वर्षा भयो र ती दुष्ट मानिसहरू भस्म भए। तिनीहरूले होरेबमा सुनको बाछो बनाए र त्यस मूर्तिको पूजा गरे। तिनीहरूले परमेश्वरलाई दिने महिमालाई एउटा घाँस खाने पशुको मूर्तिसँग साटे। मिश्रमा आफ्ना सामर्थी कामहरूद्वारा तिनीहरूलाई बचाउनुहुने परमेश्वरलाई तिनीहरूले बिर्से।
भजनसंग्रह 106 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 106:7-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू