YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 104:24-31

भजनसंग्रह 104:24-31 सरल नेपाली

परमप्रभु, तपाईंले यति धेरै चीजहरू बनाउनुभएको छ, कस्‍तो महान् बुद्धिले तपाईंले ती सबै बनाउनुभयो, तपाईंको सृष्‍टिले यो पृथ्‍वी भरिएको छ। ठूला-साना, अनगन्‍ती जीवजन्‍तुहरू बास गर्नलाई ठूला र चौडा महासागर छन्। त्‍यसमा जहाजहरू चल्‍दछन् र तपाईंले बनाउनुभएको जल-जन्‍तु लिव्‍यातन् त्‍यहाँ खेल्‍दछ। आफूलाई चाहेका बेलामा आहार पाउन तिनीहरू सबै तपाईंमा भर पर्दछन्। तपाईंले आहार दिनुहुन्‍छ र तिनीहरूले खान्‍छन्, तपाईंले दिनुभएको आहारले तिनीहरू अघाउँदछन्। जब तपाईंले आफ्‍नो मुहार फर्काउनुहुन्‍छ, तिनीहरू डराउँछन्, जब तपाईंले तिनीहरूको सास रोक्‍नुहुन्‍छ, तिनीहरू मर्दछन् र जुन धुलोबाट तिनीहरू आएका थिए, त्‍यहीँ फर्किजान्‍छन्। तर जब तपाईंले तिनीहरूलाई सास दिनुहुन्‍छ, तिनीहरूको सृष्‍टि हुन्‍छ, तपाईं पृथ्‍वीलाई नयाँ जीवन दिनुहुन्‍छ। परमप्रभुको महिमा सदाकाल रहोस्! परमप्रभु आफ्‍ना सृष्‍टिसँग प्रसन्‍न रहून्!

भजनसंग्रह 104 पढ्नुहोस्