YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 103:8-12

भजनसंग्रह 103:8-12 सरल नेपाली

परमप्रभु दयालु र प्रेमिलो, रिस गर्नमा ढीला र अनन्‍त प्रेमले पूर्ण हुनुहुन्‍छ। उहाँले हकारिरहनुहुन्‍न, सधैँ रिसाउनुहुन्‍न। हामीले पाउनुपर्ने उचित दण्‍ड उहाँले हामीलाई दिनुहुन्‍न, हाम्रा पाप र अपराधअनुसार उहाँले हामीलाई दण्‍ड दिनुहुन्‍न। स्‍वर्ग पृथ्‍वीदेखि जति अग्‍लो छ, आफूलाई आदर गर्नेहरूप्रति उहाँको प्रेम त्‍यत्ति नै महान् छ। पूर्व दिशा पश्‍चिमदेखि जति टाढा छ, त्‍यति नै टाढा उहाँले हाम्रा पाप हामीदेखि हटाइदिनुहुन्‍छ।

भजनसंग्रह 103 पढ्नुहोस्